Sunday, May 13, 2018

Free video chat



Free Video Chat

Log in



Sign up





Read More

शब्द अर्थ

शब्द /अर्थ



Read More






Meaning of Korean Nepali:


1.Reading (100 marks ,25 Question)

................................................................................................?.....................

Basic Corse-
कोरियन वर्णमाला
_______=====______
व्यन्जन वर्णः

ㄲ-क्
ㅋ -ख्
ㄱ-ग्
ㅉ-च्
ㅊ-छ्
ㅈ-ज्
ㄸ-त्
ㅌ-थ्
ㄷ-द्
ㄴ-न्
ㅃ-प्
ㅍ-फ्
ㅂ-ब्
ㅁ-म्
ㄹ-र्
ㅅ-
ㅆ-
ㅎ-

स्वर वर्णः
어-अ
아-आ
이-इ
우-उ
으-ऊ
오-ओ
애-ऐ
에-ए
여-य
야-या
요-यो

유-यु

नेपालीमा  जस्तै माथिका स्वर वर्ण र व्यन्जन वर्ण मिलेर पुण वर्ण बन्छ

Example:

ㄱ+어= 거(क्+अ=क)
तर एसरि पुण वर्ण बनाउदा korean स्वर वर्णको ㅇ लाइ हटाइन्छ (어="ㅇ"removed)

Example=

1.

ㅋ=커, 카
저, 자

2
무,묘,드,...

etc
Read More

Saturday, May 12, 2018

थाहा पाउनुहोस् तपाइ कतिको भाग्यशाली हुनुन्छ?

Lock calulator

Input the box your date of birth and your name....

Read More

Friday, March 30, 2018

गुण्डा नाइके चक्रे मिलनका सहयोगी आशिष गुरुङ समातिए


१६ चैत, काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी आशिष गुरुङ पक्राउ परेका छन् ।

उनलाई काठमाडौं प्रहरी परिसरले महाराजगञ्जबाट पक्राउ गरेको हो ।








एक महिलासँग वाउन्स चेक भएको ८ लाख रुपैयाँ उठाइदिन्छु भन्दै ५० हजार रुपैयाँ उड्भान्स लिएको सुराकी पाएपछि उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।


अनलाइन खबर बाट...
Read More

तीन विद्यार्थी संगठनद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ (बायाँबाट) ।

अस्थायी शिक्षकको परीक्षा स्थगित गरी शिक्षा ऐनमा १० औं संशोधन गर्न माग.











१६ चैत, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।

शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । यही चैत २३ गते परीक्षा निर्धारण गरिएको छ ।




अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनलाइनखबरसँग भने, ‘पहिले परीक्षा स्थगित गर्नुपर्‍यो, जसले वार्ताको वातावरण निर्माण गर्दछ ।’

सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

‘शिक्षा ऐनमा १० औं संशोधन आवश्यक’

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् ।

शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । तर तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत पुर्‍याइएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले भने, ‘परीक्षा स्थगित गरेर शिक्षा ऐनमा अविलम्ब १० औं संशोधन गर्नुपर्छ ।’

आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि र मध्याह्न काठमाडौंको माइतीघर मण्डलामा चक्काजाम गर्दैछन् ।

हेर्नुहोस् प्रमुख तीन विद्यार्थी संगठनले विहीबार राति जारी गरेको विज्ञप्ती
अनलाइन खबर बाट

Read More

Thursday, March 29, 2018

स्थानीय तह र मन्त्रालयमा कति दरबन्दी ? योसहित यस्ता छन् मन्त्रिपरिषदका ७ निर्णय



काठमाडौं : बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघ र स्थानीय तहको कर्मचारी दरबन्दी स्वीकृतसहित विभिन्न निर्णयहरू गरेको छ।

१) कर्मचारी दरबन्दी स्वीकृत

सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह (७५३ र जिसस ७७) मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ। सोअनुसार केन्द्रमा रहँदै आएको तीन हजार २६० दरबन्दीमा १८ दशमलव ५९ प्रतिशत कटौती गरी दुई हजार ६५४ कायम गरिएको छ। केन्द्रमा रहने मन्त्रालयमा रहेका कर्मचारीको हालको संख्या र कायम गरिएको दरबन्दी –

मन्त्रालयहरूमा हालको दरबन्दी र कायम गरिएको दरबन्दी

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १९८ २३२
२. अर्थ २४० १८६
३. उद्योग, वाणिज्य तथा आपूर्ति २२७ १५२
४. ऊर्जा, जलस्रोत तथा सिँचाइ ११२ ११७
५. कानुन, न्याय तथा संसदीय ममिला १०४ १०४
५. कृषि, भूमि व्यवस्था तथा सहकारी ३३५ १७९
७. गृह ३०७ २२६
८. परराष्ट्र १४१ १४१
९. भौतिक पूर्वाधार तथा यातायात १०६ ९४
१०. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ८० ८६
११. रक्षा ९८ ९८
१२. वन तथा वातावरण १६१ १३०
१३. शहरी विकास १०२ ७७
१४. शिक्षा, विज्ञान तथा प्रविधि २२६ १८७
१५. श्रम, रोजगार तथा सामाजिक सुरक्षा ६७ ७२
१६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन १०६ ८४
१७. संघीय मामिला तथा सामान्य प्रशासन ३३१ १७४
१८. सञ्चार तथा सूचना प्रविधि ७५ ८५
१९. स्वास्थ्य १११ १०६
२०. खानेपानी ७७ ६८
२१. युवा तथा खेलकुद ६६ ५६
कुल ३,२६० २,६५४

२) सेवा प्रवाहसम्बन्धी व्यवस्था

सरकारले स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था, २०७४ पारित गरेको सञ्चार राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए।

३) नमुना कानुन

स्थानीय तह र प्रदेशको सहजीकरणका लागि नमूना कानुन बनाएर पठाउने निर्णय पनि सरकारले गरेको छ।

४) जापानको सहयोग स्वीकृत

बैठकले आर्थिक तथा सामाजिक कार्यक्रमअन्तर्गत जापान सरकारले नेपाल सरकारलाई विपद् व्यवस्थापनअन्तर्गत सेवा र वस्तु खरिद गर्न उपलब्ध गराउने रु ६८ करोड ६० लाख स्वीकार गर्ने निर्णय गरेको छ।

५) मन्त्रीहरूको भ्रमण स्वीकृत

ऊर्जामन्त्री वर्षमान पुनको अजरबैजानको वाकुम र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको थाइल्याण्डमा हुने भ्रमणलाई बैठकले स्वीकृति प्रदान गरेको छ

६) क्याबिनेट डाक्टर नियुक्त

सरकारले मन्त्रिपरिषद्को विशेषज्ञ चिकित्सकमा डा. दिव्यासिंह शाह र डा दिलीप शर्मालाई विशिष्ट श्रेणीको सुविधा दिएर नियुक्त गर्ने निर्णय गरेको छ।

७) घट्यो सार्वजनिक बिदा

सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ। यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो। सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ।

राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ। यस वर्ष कटौती भएका बिदा १२ दिन छन्। विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन्। .
Read More

Wednesday, March 28, 2018

सडकमा सुतेर आन्दोलन गर्ने विद्यार्थीविरुद्ध प्रहरी



.
काठमाडौं : अस्थायी शिक्षकसंगै शिक्षण लाइसेन्स लिएर बसेकालाई पनि संगै प्रतिस्पर्धा गराउनुपर्ने माग गर्दै शिक्षा शास्त्र पढेका विद्यार्थी आन्दोलित भएका छन् । बुधबार माइतीघर मण्डलामा आमरण अनशन बसेका विद्यार्थी सडकमा उत्रिएपछि प्रहरीले हटाउन खोज्दा नमानेपछि बल प्रयोग गरेर हटाएको छ ।

माइतीघर मण्डलामा अनसन बसेका विद्यार्थी सडकमै गएर सुतेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको हो । प्रहरीले विद्यार्थीमाथि बल प्रयोगगर्दा केही बेर स्थिति तनावग्रस्त बनेको थियो ।



Read More

उत्तर कोरियाली शासकसँग चिनियाँ राष्ट्रपतिको ४ प्रस्ताव



.काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाका शासक किम जोङ उनसँग चारवटा प्रस्ताव राखेका छन् । चीनको समाचार एजेन्सी सिन्ह्वाले बेइजिङमा भएको भेटघाटनका क्रममा दुई देशको सम्बन्ध सुदृढ गर्न राष्ट्रपति सीले चारवटा प्रस्ताव राखेको जनाएको छ।

१) उच्चस्तरीय भ्रमण

राष्ट्रपति सीले दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न दुवैतर्फबाट उच्चस्तरीय भ्रमण गर्नुपर्ने प्रस्ताव राखेका छन्। 'नयाँ परिस्थितिमा म अध्यक्ष कमरेडसँग पत्र, विशेष दूत र भ्रमणजस्ता विभिन्न माध्यममार्फत नियमित सम्पर्कमा रहन चाहन्छु', राष्ट्रपति सीलाई उद्‍धृत गर्दै सिन्ह्वाले लेखेको छ ।

 २) रणनीतिक सञ्चार

सीले रणनीतिक सञ्चारको सदुपयोग गर्न पनि प्रस्ताव गरेका छन्। 'मुख्य विषयहरूमा दुई पक्षबीच गहन सञ्चार र विचार आदान प्रदान गर्ने भव्य परम्परा छ', सीले भनेका छन्, 'दुवै पक्षले दुई पार्टीबीच हुने सञ्चार आदानप्रदानलाई अझ वृद्धि गर्नुपर्छ। आपसी हित प्रवर्द्धनका लागि दुई देशले विभिन्न क्षेत्रमा सहकार्य बढाउनुपर्छ।'

 ३) समाजवादी सहकार्य

सीको तेस्रो प्रस्तावमा चीन र उत्तर कोरियाले अग्रगामी र शान्तिपूर्ण विकासका लागि मिलेर काम गर्नुपर्ने भनिएको छ। 'चिनियाँ विशेषताको समाजवाद नयाँ युगमा प्रवेश गरेको छ र उत्तर कोरियाको समाजवाद निर्माण पनि नयाँ ऐतिहासिक युगतर्फ प्रवेश गरेको छ', सीले भनेका छन्, 'शान्ति, विकास र आपसी हितको झण्डा अझै माथि उठाउन समयको माग अनुसार सहकार्य गर्न तयार छौँ।' दुई मुलुकका नागरिकको हित तथा क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न दुई देश तयार रहेको राष्ट्रपति सीको भनाई छ।

 ४) सम्बन्धको सुदृढ आधार

राष्ट्रपति सीको चौथो प्रस्तावमा चीन र उत्तर कोरियाको सम्बन्धको आधार बलियो बनाउनुपर्छ भनिएको छ। दुईपक्षीय सम्बन्धलाई नागरिक-नागरिकबीचको सम्बन्ध तथा अन्य विभिन्न सहयोग आदान प्रदानमार्फत् सुदृढ गर्दै लैजाने उनको प्रस्ताव छ।

उत्तर कोरियाका शासक किम जोङ्ग उनले दुई देशका पूर्वजहरूको सम्बन्धको जगमा उभिएको उत्तर कोरिया र चीनबीचको सम्बन्ध अटल रहने विश्वास गरेको समाचारमा जनाइएको छ। नयाँ परिस्थितिमा चीनसँग सम्बन्ध विकास गर्न उत्तर कोरिया तयार रहेको जनाउँदे उनले कुनै पनि परिस्थितिमा त्यो अपरिवर्तनीय हुने उनले बताएका छन् ।

अन्नपुणपोष्ट बाट....।।


Read More

Monday, March 26, 2018

मुखको क्यान्सरबाट कसरी बच्ने ?



काठमाडौँ — शरीरको कोषको असामान्य वा असीमित गतिमा वृद्धि वा विकास भएमा त्यसलाई क्यान्सर भनिन्छ । अहिलेको समयमा क्यान्सरलाई एक खतरनाक रोगका रूपमा लिने गरिएको छ ।



   शरीरको बिभिन्न भागको क्यान्सरबारे जनमानसमा चेतना भए पनि मुखको क्यान्सरबारे धेरैलाई जानकारी नभएकाले धेरै मानिस ढिलो स्टेजमा मात्र उपचारका लागि आउने गरेको पाइएको छ । एक अध्ययन अनुसार नेपालमा पुरुषहरूमा हुने क्यान्सरमध्ये मुखको क्यान्सर दुई नम्बरमा पर्छ, जसमा पहिलोचाहिँ फोक्सोको क्यान्सर रहेको छ ।
यसको मुख्य कारण सुर्तीजन्य पदार्थलाई मानिन्छ । धूमपान, मद्यपान, पान, सुपारी र गुट्खाको अत्यधिक प्रयोगले मुखको क्यान्सर निम्त्याउन सक्छ । भाइरसको जटिल संक्रमणका कारण पनि यो रोग हुने गरेको छ । जस्तै– ह्युमन प्यापिलोमा भाइरस । विभिन्न प्रकारका पोषण तत्त्वको कमीले पनि यो रोगलाई मौलाउने वातावरण प्रदान गर्छ ।

बाङ्गोटिङ्गो वा तिखो दाँतले गर्दा मुखभित्र नियमित रूपमा घर्षण भई निको नहुने घाउ बनाएमा पनि क्यान्सर हुनसक्ने सम्भावना निम्त्याउन सक्छ । त्यसैगरी सूर्यबाट आउने विभिन्न विकिरणका कारणले पनि ओँठको क्यान्सर हुने गरेको पाइएको छ ।

मुखको कुनै भागमा विभिन्न प्रकारका रातो, सेतो वा मिश्रित दाग देखिएमा (जसलाई पोटेनसिअल्ली मलिगनान्ट लिसन्स पनि भनिन्छ), कुनै प्रकारको अल्सर वा घाउ तीन हप्ताभन्दा बढी समयसम्म निको नभएमा, मुखको कुनै भागमा मासु पलाएमा जसको आकार विस्तारै बढ्दै गएमा, दाँतहरू विना कारण हल्लिँदै गएमा, दाँत निकालेको ठाउँमा एक्कासी मासु पलाएमा र घाँटीमा गिर्खा देखिएमा मुखको क्यान्सरका लक्षणहरू हुन सक्छन् । मुखमा देखिएको घाउ क्यान्सर नै हो कि होइन भनेर किटानीसाथ भन्नका लागिचाहिँ बायोप्सी आर्थत मासु जाँच गर्नुपर्छ ।

नियमित रूपमा आफैले आफ्नो मुखको परीक्षण गर्ने हो भने यस रोगलाई सुरुकै स्टेजमा पत्ता लगाउन सकिन्छ । यसका लागि मुखलाई ८ भागमा विभाजित गरिएको छ । अगाडिको भागको गिँजा, पछाडिको भागको गिँजा, माथिको ओँठको भित्री भाग, तलको ओँठको भित्री भाग, गालाको भित्री भाग, जिब्रोको माथि, तल र छेउछाउको भाग र तालु । जाँच पूरा गर्नका लागि चम्किलो बत्ती लिएर ऐनाको अगाडि उभिएर माथि उल्लेखित सबै भागमा राम्रोसँंग जाँच गर्नुपर्छ ।

यदि कुनै भागमा शंकास्पद घाउ देखिएमा तत्काल दन्त चिकित्सकको सल्लाह लिनुपर्छ । शरीरको अरू भागको क्यान्सरजस्तै मुखको क्यान्सरका लागि पनि शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी जस्ता उपचार गर्न सकिन्छ । मुखको क्यान्सरको रोकथामका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सुर्तीजन्य पदार्थबाट टाढै रहनु हो ।

मुखमा कुनै प्रकारका दाग, घाउ वा माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सककोमा देखाउन जानुपर्छ । समयमै उपचार गरे क्यान्सर निको हुन्छ र यसबाट हुने विकृति र अरू समस्यालाई पनि कम गर्न सकिन्छ भने स्तरीय आयु लम्ब्याउन सकिन्छ ।
Read More

धनकुटाका सामुदायिक वनमा आगलागी, १ को ज्यान गयो, २ करोड बढीको क्षति




१२ चैत, धनकुटा । मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव रु दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ ।

सात स्थानीय तह रहेको धनकुटामा ३४६ सामुदायिक वन मध्ये १३ वटा वन जलेर पूर्ण नष्ट हुँदा वन क्षेत्रमा रहेका बिरुवा एवं जडीबुटी जलेर नष्ट हुँदा करीव रु दुई करोड बराबरको क्षति भएको वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले बताए



जिल्लाका छथर जोरपाटीको भञ्ज्याङडाँडा सामुदायिक वनको १०० हेक्टर, धनपा–५ को बडरे ३६ हेक्टर, धनपा–१० को पात्ले सामुदिायक वनको ६० हेक्टर, चौबिसे गाउँपालिका ठूलीभिर सामुदायिक वनको १९१ हेक्टर चौविसेका–४ को देउराली सामुदायिक वनको २० हेक्टर छथर जोरपाटिको सिवुवा ताक्लाखर्क ६७७ हेक्टर सोही क्षेत्रको पाथीभरा सामुदायिक वनको ५०० हेक्टर वन डढेलोका कारण पूर्ण नष्ट भएका छन् ।

धनपा–९ को रुद्रबारी सामुदायिक वनको २५ हेक्टर धनपा–९ को रधुटार ३६ हेक्टर र विश्रान्ती समुदायिक वनको केही क्षेत्रसमेत डढेलेको कारण क्षति भएको छ । जिल्लाको शहीदभूमि गाउँपालिकामा रहेको पञ्चकन्या सामुदायिक वनमा लागेको आगोमा परेर शहीदभूमि–२ का ५१ वर्षीय बानु छारा राईको मृत्यु भएको थियो भने धनकुटा नगरपालिका–९ बेलहाराको जलकन्या सामुदायिक वनबाट बस्तीतर्फ गएपछि पाँच गोठ र चार घर आगलागीमा परेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

मानवीय कमजोरीका कारण विगत वर्षमा भन्दा यस वर्ष धनकुटामा ठूलो क्षति हुने गरेको मिश्रको भनाइ रहेको छ ।

सुख्खा मौसम भएका कारण आगामी जेठ महिनासम्म विभिन्न क्षेत्रमा आगलागीबाट क्षति हुने सम्भावनालाई ख्याल गरी सचेत गराउन धनकुटा जिल्लाका स्थानीय सञ्चार माध्यमबाट सूचना प्रवाह गरिएको जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले बताए ।

२०७४ चैत १२ गते ७:५६ मा प्रकाशित
Read More

न्यायाधीशकै मिलेमतोमा भ्रष्टाचार भइरहेको बार निष्कर्ष, गोला प्रणालीबाट पेशी तोक्न माग




चैत, नेपालगञ्ज । नेपाल बार एशोसिएसनले निश्चित न्यायाधीशकै मिलेमतोमा न्यायालयमा भ्रष्टाचार भइरहेको दाबी गरेको छ ।.



आइतबार सम्पन्न बारको राष्ट्रिय सम्मलेनले २८ बुँदे घोषणा पत्र जारी गरेको छ, जसको सातौं नम्बरको बुँदामा निश्चित न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी र बिचौलियाको मिलेमतोमा भइरहेको भ्रष्टाचार निमूल पार्न माग गरिएको छ ।

न्यायपालिकाको नेतृत्वमा आउने भ्रष्टाचार निर्मुल पार्ने प्रतिवद्धता जनाएपनि झन बढ्दै गएको भन्दै बारले विद्यमान संयन्त्रलाई प्रभावकारी बनाउन प्रधानन्यायाधीश, न्याय परिषद्, न्याय सेवा आयोग र कानुन व्यवसायी परिषदसँग माग गरेको छ ।

घोषणा पत्रमा भनिएको छ, न्यायापालिकामा रहेको भ्रष्टाचारको अन्त्यका लागि आवश्यक कानुनी तथा संरचनागत उपायहरु आवलम्बन गर्न प्रधानन्यायाधीश लगायतको यो सम्मेलन ध्यानाकर्षण गराउँछ ।’

बार सम्मेलनले गोला प्रणालीबाट मुद्दाको पेशी तोक्न माग गरेको छ । अहिले मुद्दाको पेशीलाई लिएर पटक पटक विवाद भएको भन्दै बारले सबै अदालतमा यो लागू गर्न भनेको हो ।

साथै न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न, अन्तरिम तथा अन्तरकालीन आदेशको कार्यविधि नै बनाएर लागू गर्न पनि सम्मेलनले माग गरेको छ ।

बार एशोसिएसनले न्यायपालिकामा हुने अनुचित दबाव र प्रभाव स्वीकार्य नहुने पनि बताएको छ ।
Read More

Sunday, March 25, 2018

जुकरबर्गले मागे माफी, बन्द होला त फेसबुक !



चैत 11 – क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएको पाँच दिनपछि फेसबुकका मालिक मार्क जुकरबर्गले मौनता तोडेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको थियो । विश्वका विभिन्न सरकारले फेसबुकमाथि कडा नियमन गरिनुपर्ने माग गर्दै आएका छन् ।




फेसबुकमा संस्थापक समेत रहेका माक जुकरबर्गले आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘फेसबुक र यसका प्रयोगकर्ताप्रतिकै विश्वासघात हो, जसले हामीसँग व्यक्तिगत जानकारी शेयर गर्दछन् ।’ जुकरबर्गले फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्, ‘तपाईँहरुको व्यक्तिगत जानकारीको सुरक्षाको प्रत्याभूति दिने हाम्रो उत्तरदायित्व हो । यदि हामीले त्यो गर्न सकेनौँ भने हामी सेवा दिन लायक रहँदैनौँ ।’




फेसबुकले सुरुमा कानुनी रुपमै शैक्षिक प्रयोजनका लागि एक जना प्राध्यापकले डाटा कलेक्सन गरेको  बताएकाे छ । तर त्यसलाई पछि क्याम्ब्रिज  एनालिटिकासहितका तेस्रो पक्षलाई उपलब्ध गराइएको फेसबुकले स्पष्ट पारेको छ । यो फेसबुकको नीति विपरीत भएको पनि जुकरबर्गले स्पष्ट पारेका छन् ।

फेसबुकमाथि गोपनियताको प्रश्न उठेपछि प्रयोगकर्ता र यसका लगानीकर्ताहरुले नै कानुनी उपचारको बाटो खोजिरहेका छन् । सन् २०१४ मा फेसुबुकले १९ अर्ब अमेरिकी डलरमा ह्वाट्सएप किनेको थियो । क्याम्ब्रिज एनालिटिका प्रकरणपछि ‘डिलेट फेसबुक’ मुभमेनट नै चलेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस प्रकारको घटना दोहोरिन नदिनका लागि विभिन्न व्यवस्था गर्न लागेको बताए ।

कुनै पनि प्रकारको दुरुपयोग रोक्नका लागि डेभलपर्सको डाटा एक्सेसलाई सीमित गरिनेछ । यदि प्रयोगकर्ताले तीन महिनासम्म फेसबुक एप प्रयोग गरेनन् भने त्यसको डाटा एक्सेस डेभलपरबाट फिर्ता लिइनेछ । कुनै पनि एपमा साइन इन गर्ने समयमा प्रयोगकर्ताको तर्फबाट दिइने जानकारीमा नाम, प्रोफाइल फोटो तथा इमेल एड्रेसमा मात्रै पहुँच दिइनेछ । डेभलपर्सले यदि प्रयोगकर्ताको पोस्ट तथा व्यक्तिगत जानकारी हासिल गर्न चाहेमा पहिले नै अनुमति लिई सम्झौता पत्रमा हस्ताक्षर गर्नु पर्नेछ ।


-एजेन्सीकाे सहयाेगमा




https://www.facebook.com/News-online-1865556936810074/
Read More

यी ६ कारणहरुले ध्वस्त पार्न सक्छ हाम्रो पृथ्वी



.
विज्ञान प्रविधिको क्षेत्रमा चामत्कारिक प्रगति हुदै हाम्रो दैनिक जीवनलाई अझ सहज बनाउने प्रविधिहरु आउने क्रम जारि छ। पृथ्वीको कक्ष भन्दा करोडौ माइल टाढा पनि मानव निर्मित यानहरुले अध्ययन गर्छन। प्रिविधिमा यतिका बिकास भैसक्दा समेत आज सम्म यस्तो यन्त्र बनिसकेको छैन जसले हाम्रो पृथ्वीलाई ध्वस्त पार्न सकोस। हामीले सुन्नमा आए पनि संसारमा कुनै पनि बम अथवा क्षेप्यास्त्रले हाम्रो पृथ्वीलाई पूर्ण रुपमा नष्ट पार्न सक्दैन। तर आज हामी ति कारणहरुको चर्चा गर्ने छौं जसले पृथ्वीलाई ध्वस्त पार्न सक्छ।

१. Asteroid ले ठक्कर दिएमा




भ्रह्माण्डमा रहेका विभिन्न ग्रहहरु ठोक्किएर उछिटिने पत्थरहरु उल्काको रुपमा अन्तरिक्षमा घुमिरहेका हुन्छन।  यसको आकार १  मिटर  देखि २० सम्मको हुने गर्दछ । यस्ता पत्थरहरु अन्तरिक्षबाट पृथ्वीमा जहा पनि र जुन सुकै समयमा पनि  झर्न सक्छन । तर पृथ्वी एउटा यस्तो वायुमण्ल रहेको छ जसले उल्काहरुलाई जमिन सम्म आइपुग्नबाट रोक्ने गर्दछ । जसको परिणाम ति उल्काहरु जमिनमा खस्नु भन्दा अगाडी जलेर नष्ट हुने गर्दछन । कुनै कुनै उल्काहरु यति ठुला पनि हुन्छन कि पृथ्वी संग ठोक्कियो भने सजिलै हाम्रो अस्तित्व समाप्त गरि दिन सक्छ। तर यस्तो घटना बिरलै घट्ने गर्दछ।

२. सुर्य बिस्फोट भएमा

सुर्य एउटा हाइड्रोजन ग्याँसले बनेको यस्तो तातो तारा हो कि जुन पृथ्वी भन्दा कैयौं गुना टाढा छ। पृथ्वीले सुर्यलाई चक्कर लगाइराखेको हुन्छ जसको कारण पृथ्वीमा दिन रात अनि मौसम /ऋतु हरु बदलिन्छ।यदि सुर्य कुनै कारणले विस्फोट भएको खण्डमा सुर्य बाट निस्किने अत्ति तातो लाभाले पृथ्वी लगायत अन्य ग्रहहरुलाई सजिलै निल्न सक्छ।नआत्तुनिस बैज्ञानिकका अनुसार सुर्य विस्फोट हुन अझै लाखौ बर्ष लाग्छ। बैज्ञानिकलाई मान्ने हो अहिलेको सुर्य र अन्य ताराहरु मिलेर केहि करोड बर्षपछि एउटा रातो बिशाल ग्रहमा परिणत हुनेछ।

३. Black Hole



Black hole अर्को कारण हुन सक्छ पृथ्वी को अन्त्य हुनको लागि । कुनै कारणबश Black hole हाम्रो सौर्य मण्डल भित्र  पर्न  गयो भने पृथ्वी लगायत अन्य ग्रहहरु ठोक्किन्छन किनकि Black Hole भित्रकोचाप एक्दमै धेरै हुन्छ ।यदि Black hole पृथ्वीको नजिकमात्र आईदिए मात्र पनि पृथ्वीलाई आफ्नो कक्षबाट सजिलै तान्न सक्छ  ।

४. ज्वालामुखी






पृथ्वीको भित्रि सतह बाट तातो तरल पदार्थ कम्जोर बाहिरी सतहबाट बिस्फोट भइ निस्किने तातो तरल पदार्थ नै ज्वालामुखी हो । यदि पृथ्वीमा एकदमै ठुलो ज्वालामुखी विस्फोटन भयो भने पृथ्वीमा रहेका सबै प्राणी हरु नस्ट हुन्छन  । उसो त पृथ्वीमा स-साना ज्वालामुखी भने विस्फोट भइ नै रहन्छ । अहिले सम्मसबै भन्दा ठुलो ज्वालामुखीअमेरिकाको Yellostone National park मा विस्फोट भएको थियो जुन ३५ माइल लामो लम्बाई र ४५  माइल चौडाईको थियो।यस्ता खालका ज्वालामुखी प्रत्येक ६०००० बर्षमा मात्र विस्फोट हुने गर्दछ   ।ज्वालामुखी बाट निस्किने लाभाले पृथ्वीमा रहेको रुख बिरुवाहरु नस्ट गराउछ यति मात्र होइन ज्वालामुखीको कारणले निस्किने बाक्लो धुवाँले पृथ्वी ढाकछ फलस्वरूप सुर्यको प्रकाश पृथ्वीसम्म पुग्दैन।

५. ओजोन लेयर को समाप्ति





ओजोन लेयर Ozone Layer एउटा यस्तो लेयर हो जून वायुमंडलमा हुन्छ जसले पृथ्वीमा आउने हानिकारक रे(Harmful UV Rays) हरुलाई छेक्छ र हामी लाई बचाउछ ।यदि कुनै किसिमले ओजोन लेयर नहुने हो भने पृथ्वीमा जीवित प्राणीहरुको अस्तित्व सकिन्छ ।

६. एलियन (Aliens)




बिज्ञानिक हरु पृथ्वीभन्दा अन्य ग्रहहरुमा कुनै किसिमको मान्छे भन्दा बुद्दिमानी प्राणीहरु हुन सक्ने बताउछन यद्दपि प्रमाणित भने भएको छैन ।यदि यस्तै किसिमको कुनै प्राणीले अत्याधुनिक यन्त्रले आक्रमण गर्यो भने पृथ्वी ध्वस्त हुन सक्नेछ  ।






Read More

किन विश्वमा नै फरक छ नेपाल ? जान्नुहोस नेपाल सम्बन्धी केहि रोचक जानकारी



नेपाल ! हिमालको काखमा रहेको विश्वको सबै भन्दा सुन्दर देश , बिहान सुर्यको उदयसंगै सेता दन्तलहर देखाएर हासिरहेको हुन्छ । पहाडबाट तल तिर निरन्तर बगिरहने खोलाले भरिरहने संगीत र हावाको तालसगै  तराईका फाटहरु झुलीरहेका हुन्छन ।

फरक जाति, भाषा , धर्म , सस्कृतिका मानिसहरुको बसोबास रहेको देश हो नेपाल । हिमाल देखि तराई सम्म आ-आफ्नै बिशेष पहिचान बोकेका र आ-आफ्नै फरक सस्कृति अनुसार फरक फरक चाडपर्व मनाउने मानिसहरुको बाहुल्य रहेको छ ।

यहाँको विविधता र यो विविधतामा रमाउनको लागि वर्षेनी बिभिन्न तेस्रो मुलबाट नेपालमा आउने चराचुरुङ्गीहरु र यहाँ रहेका ठाउँ र हावा पानी अनुसार पाइने बन्यजन्तुहरु यहाँका आकर्सकका केन्द्र बिन्दु हुन ।

प्राकृतिक सुन्दरता , फरक जाति , भाषा र धार्मिक आस्था भएकाहरु विचको एकता, यहाँको हावा-पानी , र ठाउँ अनुसार पाईने वन्यजन्तुहरु नेपालका बिशेषता हुन । यिनै कुराहरुमा रहेर नेपालको बारमा केहि रोचक जानकारी यहाँ प्रस्तुत गरिने छ ।

प्रस्तुत छन नेपालको बारेमा केहि यस्ता जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ ।
१. यदि नेपालको नक्सालाई ९० डिग्रिमा दायाँबाट घुमाउने हो भने झन्डै पोर्चुगलको नक्सासगं मिल्छ । त्यसैले नेपाल र पोर्चुगललाई विश्वको मानचित्रमा जुमल्याहा पनि भनिन्छ ।

२. नेपाल मात्र एउटा यस्तो देश हो , जुन देश ६० देखि ८८४८ मिटर उचाई सम्म फैलिएको छ ।

३. विश्वमा रहेका १४ वटा सबभन्दा अग्ला हिमालहरु मध्य नेपालमा ८ वटा हिमाल रहेका छन । जस मध्ये विश्वको शिखर सगरमाथा सहित  मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण विश्वको ८ हजार मिटर भन्दा अग्ला हिमालहरु हुन ।




४. नेपालका लगभग ८७० प्रजातिका चराहरु पाईन्छ, जुन युरोप र उत्तर अफ्रिकाका सम्पूर्ण महाद्वीप भन्दा धेरै  हो। ६५० प्रजातिका पुतलिहरु पाइन्छ, जुन विश्वको ४.२ % हो । विश्वमा पाइने स्तनपान गराउने जनावरहरु मध्य ३.९५ % नेपालमा पाइन्छ । त्यसैले नेपाललाई एसियाको अमेजन भनेर चिनिन्छ ।

५. नेपालको राजधानि काठमाण्डौँलाइ मन्दिरै मन्दिरको शहर भनेर चिनिन्छ । काठमाण्डौको १५ किलोमिटर भित्रको चौडाइमा १५ वटा स्थानहरु विश्व सम्पदा सुचिमा रहेका छन । र काठमाण्डौँलाइ संसारको जीवित सांस्कृतिक संग्रहालय पनि भनिन्छ ।

६. नेपाल मात्र विश्वको एउटा यस्तो देश हो , जहाँ जाति र धर्मको नाममा कुनै पनि युद्ध भयको छैन ।

७.  संसारको प्रसिद्ध योद्धा , गोर्खाली नेपालका हुन । जसको बहादुरीले नेपाललाई ब्रिटिस उपनिवेस हुन दिएन ।

८. नेपालको दक्षिण भागमा अवस्थित लुम्बिनि गौतम बुद्धको जन्म स्थान हो । बुद्धले आविस्कार गरेको वौद्ध धर्म विश्वको प्रमुख धर्महरु मध्य एक हो ।





९. नेपालमा जिबित भगवान पाईन्छ , जस्लाई कुमारी भनेर चिनिन्छ ।

१०. नेपालमा धेरै प्रयोग हुने नमस्तेको अर्थ – ” म तपाई भित्र रहेको परमेश्वरलाइ सलाम गर्छु ” हो ।

११. नेपालमा ८० भन्दा बढी जातीय समूहहरू  र १२३ भन्दा बढि मातृ भाषा रहेका छन।

१२. नेपाल मात्र एउटा देश हो जसको राष्ट्रिय झन्डा चारपाटे नभएर त्रिकोणात्मक छ ।

१३. सन १८१५ देखि नेपालीले गोरखाली ब्रिटिस आर्मीको रुपमा लगातार सेवा  दिदै आइरहेको छ  ।

१४. नेपालको तिलिचो ताल (४८०० मिटर ) संसारकै सबै भन्दा अग्लो स्थानमा रहेको ताल हो भने अरुण भ्याली सबै भन्दा अग्लो स्थानमा रहेको भ्याली हो ।

१५.  संसारभरि पाइने चराहरुको प्रजाति मध्ये ८ % नेपालमा पाइन्छ ।.


Read More

अर्को वर्ष नागपञ्चमीमा नै जनै लगाउनु पर्ने


नयाँ वर्ष वि.सं.२०७४ साल नजिकिदै छ । धेरैलाई चासोको बिषय बनेको छ की कुन चाडपर्व कहिले परेछ भनेर । आउँदो वर्ष अनौठो के परेको छ भने नागपञ्चमीमा नै जनै लगाउनु पर्ने भएको छ ।

पूर्णिमाको दिन चन्द्र ग्रहण परेकाले त्यसअघि पञ्चमीकै दिन जनै लगाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । साउन २३ गते सोमबार पूर्णिमाको दिन चन्द्र ग्रहण लाग्छ । ग्रहण नलाग्ने भए त्यही दिन ऋषि तर्पणी र जनै पूर्णिमा पथ्र्यो । ‘ग्रहण र संक्रान्तिको दिन जनै लगाउन नहुने शास्त्रीय मान्यता भएकाले नागपञ्चमीका दिन नै जनै लगाउनुपर्छ ।

यस्तो छ वि.सं. २०७४ सालको महत्वपूर्ण चाडवाडहरु

वैशाख : १ गते शुक्रबार नयाँ वर्ष, १३ गते बुधबार मातातीर्थ औंसी, १६ गते शनिबार अक्षय तृतीया, १८ गते सोमबार मजदुर दिवस, २७ गते बुधबार बुद्धजयन्ती ।

असार : २५ गते आइतबार गुरुपूर्णिमा ।

साउन : १३ गते शुक्रबार नागपञ्चमी र जनै लगाउने दिन, २३ गते पूर्णिमा, २४ गते मंगलबार गाईजात्रा, ३० गते सोमबार कृष्णाष्टमी ।

भदौ : ५ गते सोमबार कुशे औंसी, ७ गते बुधबार दर खाने दिन, ८ गते बिहीबार तीज, १० गते शनिबार ऋषिपञ्चमी, २० गते मंगलबार इन्द्रजात्रा, २१ गते बुधबार सोह्रश्राद्ध सुरु, २८ गते बुधबार जितीया पर्व ।

असोज : ३ गते मंगलबार स्रोहश्राद्ध समाप्त, ५ गते बिहीबार घटस्थापना, ११ गते बुधबार फूलपाती, १२ गते बिहीबार महाष्टमी, १३ गते शुक्रबार महानवमी, १४ गते शनिबार विजयादशमी, १९ गते बिहीबार कोजाग्रत पूर्णिमा । ३१ गते मंगलबार यमपञ्चक सुरु कागतिहार ।

कात्तिक : १ गते बुधबार कुकुर तिहार, २ गते बिहीबार लक्ष्मीपूजा, ३ गते शुक्रबार गाई गोरु र म्हपूजा नेपाल संवत सुरु, ४ गते शनिबार भाइटीका, ९ गते बिहीबार छठ पर्व, १४ गते मंगलबार हरिबोधनी एकादशी तुलसी विवाह ।

मंसिर : १ गते शुक्रबार बालाचतुर्दशी, ७ गते बिहीबार विवाह पञ्चमी, १७ गते आइतबार धान्य पूर्णिमा उधौली ज्यापू दिवस ।

पुस : ३ गते सोमबार पुसे औंसी, १० गते सोमबार क्रिसमस डे, ४ गते मंगलबार तोला ल्होसार, १५ गते शनिबार तमु ल्होसार, १७ गते सोमबार स्वस्थानी व्रत कथा सुरु ।

माघ : ८ गते सोमबार श्रीपञ्चमी, १७ गते स्वस्थानी व्रतकथा समाप्ती, ४ गते सोनाम ल्होसार, १६ गते मंगलबार शहीद दिवस ।

फागुन : १ गते मंगलबार शिवरात्री, ४ गते शुक्रबार ग्याल्पो ल्होसार, १७ गते बिहीबार पहाडमा होली पर्व, १८ गते शुक्रबार तराईमा होली पर्व, २४ गते नारी दिवस ।

चैत : ३ गते शनिबार घोडेजात्रा, ११ गते आइतबार चैतेदशैं र रामनवमी ।



वैशाख : १ गते शुक्रबार नयाँ वर्ष, १३ गते बुधबार मातातीर्थ औंसी, १६ गते शनिबार अक्षय तृतीया, १८ गते सोमबार मजदुर दिवस, २७ गते बुधबार बुद्धजयन्ती ।

असार ः २५ गते आइतबार गुरुपूर्णिमा ।

साउन : १३ गते शुक्रबार नागपञ्चमी र जनै लगाउने दिन, २३ गते पूर्णिमा, २४ गते मंगलबार गाईजात्रा, ३० गते सोमबार कृष्णाष्टमी ।

भदौ : ५ गते सोमबार कुशे औंसी, ७ गते बुधबार दर खाने दिन, ८ गते बिहीबार तीज, १० गते शनिबार ऋषिपञ्चमी, २० गते मंगलबार इन्द्रजात्रा, २१ गते बुधबार सोह्रश्राद्ध सुरु, २८ गते बुधबार जितीया पर्व ।

असोज : ३ गते मंगलबार स्रोहश्राद्ध समाप्त, ५ गते बिहीबार घटस्थापना, ११ गते बुधबार फूलपाती, १२ गते बिहीबार महाष्टमी, १३ गते शुक्रबार महानवमी, १४ गते शनिबार विजयादशमी, १९ गते बिहीबार कोजाग्रत पूर्णिमा । ३१ गते मंगलबार यमपञ्चक सुरु कागतिहार ।

कात्तिक : १ गते बुधबार कुकुर तिहार, २ गते बिहीबार लक्ष्मीपूजा, ३ गते शुक्रबार गाई गोरु र म्हपूजा नेपाल संवत सुरु, ४ गते शनिबार भाइटीका, ९ गते बिहीबार छठ पर्व, १४ गते मंगलबार हरिबोधनी एकादशी तुलसी विवाह ।

मंसिर : १ गते शुक्रबार बालाचतुर्दशी, ७ गते बिहीबार विवाह पञ्चमी, १७ गते आइतबार धान्य पूर्णिमा उधौली ज्यापू दिवस ।

पुस : ३ गते सोमबार पुसे औंसी, १० गते सोमबार क्रिसमस डे, ४ गते मंगलबार तोला ल्होसार, १५ गते शनिबार तमु ल्होसार, १७ गते सोमबार स्वस्थानी व्रत कथा सुरु ।

माघ : ८ गते सोमबार श्रीपञ्चमी, १७ गते स्वस्थानी व्रतकथा समाप्ती, ४ गते सोनाम ल्होसार, १६ गते मंगलबार शहीद दिवस ।

फागुन : १ गते मंगलबार शिवरात्री, ४ गते शुक्रबार ग्याल्पो ल्होसार, १७ गते बिहीबार पहाडमा होली पर्व, १८ गते शुक्रबार तराईमा होली पर्व, २४ गते नारी दिवस ।

चैत : ३ गते शनिबार घोडेजात्रा, ११ गते आइतबार चैतेदशैं र रामनवमी ।.
Read More

कुन बार जन्मेको व्यक्तिको व्यवहार कस्तो ?



मानिसको चालचलन लगायत अन्य गतिविधिहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हरन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न श्रोतबाट जानकारीहरु लिएका छौ

आइतबार
आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
तपाईहरु अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
तपाई पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
तपाई कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
तपाई सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
तपाईको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
तपाई आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईलाई छोड्न चाहन्नन् ।
सोमबार
सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
तपाईलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
तपाईका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
तपाई पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।
मंगलबार
मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
बुधबार
बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
तपाईको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
तपाईलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
तपाईको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
तपाईहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
तपाईहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
तपाईहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
तपाईहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
तपाईको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।
बिहिबार
बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
तपाई सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।
बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।
शुक्रबार
शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
तपाईहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
तपाईलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
तपाई मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
तपाई निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
यदि तपाई पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
तपाई आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
तपाईका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
तपाईलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
तपाईको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
तपाईसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
तपाईले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।
शनिबार
शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
तपाई निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाई हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
तपाई हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
तपाई हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
तपाईको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
तपाई पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न।
तपाईलाई संगीत र खेलमा रुची हुन्छ ।
तपाईलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
तपाई जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
तपाई कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
तपाईको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।
साभार – न्युज २४ बाट
Read More

यस्तो भन्छ अध्ययन -मृत्यु हुनुभन्दा अघि मानिसको दिमागमा कस्ता कुरा आउँछन् ?



काठमाडौँ ।

मृत्यु कसैको वशमा छैन । हरेक प्राणीहरु नचाहेरै जन्मन्छन् र अन्त्यमा नचाहेरै मर्छन् । मृत्युका बारेमा सामान्य आँकलन भएपनि मानिस कति बेला मर्छ भन्ने कुरा अत्यन्तै जटिल प्रश्न हो । हाम्रो शरीरले मृत्यु हुने बेला कस्ता कस्ता लक्षण देखाउँ। यो कुरामा वैज्ञानिक अनुसन्धान पनि भएको छ । मानिस मृत्युका बारेमा जानकार भयो भने उ अझ बढी निराश बन्ने भएकोले वैज्ञानिकहरुले अनुसन्धान गरेका कतिपय कुराहरु पनि गोप्य नै रहेका छन् । हाम्रो दिमागमा मृत्यु हुनुभन्दा पहिले के कस्ता कुराहरुको सोच आउँछ यो कुरा वैज्ञानिकले अनुसन्धान गरेका छन् ।

यो अध्ययन बर्लिनका चेरिट विश्वविद्यालय र ओहायोको सिनसिनाटी विश्वविद्यालयका वैज्ञानिकले जेन्स द्रेयरको अगुवाइमा गरेका हुन् ।

यसका लागि वैज्ञानिहरुले केही बिरामीको दिमागका तन्तुमाथि गम्भीर रुपमा निगरानी गरे । यसका लागि उनीहरुले बिरामीका परिजन (आफन्तजन)बाट पूर्वानुमति लिएका थिए ।

अध्ययनमा सामेल बिरामीहरु भीषण सडक दुर्घटनामा घाइते भएका तथा स्ट्रोक र कार्डियक अरेस्टको शिकार भएकाहरु थिए । वैज्ञानिकहरुले पत्ता लगाए कि मृत्युको समयमा जनावर र मानिसको दिमाग एकै तरिकाले काम गर्छ । साथै एक यस्तो समय पनि आउँछ जब दिमागी काम–काज आभास (महशुष)मा मात्रै परिणत हुन जान्छ ।

यो अध्ययनको उद्देश्य मृत्युको अन्तिम क्षणमा पनि कुनै व्यक्तिलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा पनि केन्द्रित थियो । अध्ययनमा सहभागी वैज्ञानिकहरुको भनाइ छ कि शोध (अध्ययन)भन्दा पहिले ‘ब्रेन डेथ’को बारेमा जति पहिले जानकारी थियो त्यो भन्दा बढी जनावरमा गरिएको अध्ययनबाट पत्ता लाग्यो ।

अनुसन्धानमा संलग्न डाक्टरहरु भन्छन्,

मृत्युको बेला..

– शरीरमा रगतको प्रवाह रोकिन्छ । जसका कारण दिमागमा अक्सिजनको कमी हुन जान्छ ।

– सेरेब्रल इस्किमया नामको यस स्थितिमा जÞरूरी रासायनिक अवयवको कमी हुन जान्छ । जसका कारण  दिमागमा ‘इलेक्ट्रिकल एक्टिभिटी’ पूर्ण रुपमा समाप्त हुन्छ ।

– यस्तो मानिन्छ कि दिमाग शान्त हुने यो प्रक्रिया यसकारण हुन्छ कि भोकाएका न्यूरोन आफ्नो उर्जा संरक्षित गर्छन् । तर ती न्यूरोनले गरेको उर्जा कुनै काम लाग्दैन किनकी मृत्यु नजिकै आइसकेको हुन्छ।

– सबै आयन (प्रोटोन र इलेक्टोनको समान संख्या भएको अणु) दिमागी कोषबाट छुट्टिएर अलग हुन्छ । जसले गर्दा एडेनोसीन ट्राइफोस्फेटको आपूर्ति कमजोर पर्न जान्छ । यो यस्तो जटिल जैविक रसायन हो, जसले पूरा शरीरमा उर्जालाई सञ्चित गरेर राख्छ र उसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम पनि गर्छ ।

– त्यसपछि टिश्यू (तन्तु)को रिकभरी असम्भव हुन जान्छ ।

तर वैज्ञानिकहरुको टीम मानिसको सम्बन्धमा यस प्रक्रियाबारे अरु गहिराइबाट जान्न चाहन्थ्यो । यसकारण उनीहरुले केही बिरामीहरुको न्यूरोलोजिकल गतिविधिको पनि निगरानी गरे । शोधकर्ताहरुलाई डाक्टरबाट निर्देशन दिइएको थियो कि यी बिरामीहरुलाई इलेक्ट्रोड स्ट्रिप्स आदिको प्रयोग गरेर बेहोसीबाट होसमा ल्याउने कोसिस नहोस् ।

वैज्ञानिकहरुले पत्ता लगाए कि ९ मध्ये ८ बिरामीको दिमागका कोषहरु मृत्युलाई टार्न (पछि धकेल्न) कोसिस गरिरहेका थिए । वैज्ञानिकहरुले पाए कि मुटुको धड्कन रोकिँदा पनि दिमागका कोषहरु र न्यूरोन काम गरिरहेका थिए।

न्यूरोनको काम गर्ने प्रक्रिया यस्तो हुन्छ कि उनीहरु आवेशित आयनबाट आफूलाई भर्छन् र आफ्नो तथा आफ्नो वातावरणको बीचमा विद्युतीय असन्तुलन बनाउँछन् । यसबाट यी न्यूरोनले छोटो झट्का (शक) उत्पन्न गर्न सक्षम हुन्छन् । वैज्ञानिकहरुका अनुसार यस्तो विद्युतीय असन्तुलन बनाएर राख्नु एक लगातार हुने प्रयास हो । यसका लागि यी कोषहरु बगिरहेको रगतको प्रयोग गर्छन् । त्यस्तो रगतबाट ती कोषहरुले अक्सिजन र रसायनिक उर्जा प्राप्त गर्छन्।

वैज्ञानिकहरुका अनुसार जब शरीर मर्छ र दिमागमा रगतको प्रवाह बन्द हुन जान्छ, तब अक्सिजनबाट बञ्चित न्युरोनले छोडिएका संसाधनलाई जम्मा गर्ने कोसिस गर्छन् । किनकी यो प्रक्रिया बिस्तारै भन्दा पनि पुरै मस्तिष्कमा एकैपटक फैलिन्छ । यसलाई  ‘अनप्रिपेयर्ड डिप्रेसन’ भनिन्छ । यसपछिको स्थितिलाई ‘डिपोलोराइजेसन अफ डिफ्यूजन’ भनिन्छ।

इलेक्ट्रोकेमिकलको ब्यालेन्सका कारण दिमागका कोषहरु नष्ट हुन पुग्छन् । जसले गर्दा केही मात्रामा थर्मल इनर्जी रिलिज हुन्छ । त्यसपछि मानिसको मृत्यु हुन्।

तर अध्ययनको निष्कर्श छ कि मृत्यु आज जति अटल छ, भविष्यमा पनि यस्तै नरहन सक्छ ।

अध्ययनको नेतृत्वकर्ता वैज्ञानिक जेन्स द्रेयर भन्छन्, ‘एक्सपेन्सिभ डिपोलोराइजेसनका कारण कोषीय परिवर्त शुरु हुन्छ। त्यसपछि मृत्यु हुन्छ । तर यो आफैंमा मृत्युको क्षण भने हैन । किनकी डिपोलोराइजेशनलाई उर्जाको आपूर्ति बहाल गरेर पल्टाउन सकिन्छ।’

यद्यपि यसलाई प्रयोगमा ल्याउन अझै धेरै शोधको आवश्यकता रहेको द्रेयर बताउँछन्। द्रेयर भन्छन्, ‘मृत्युजस्तै यो दिमागी आयाम एक जटिल घटना हो । यससँग जोडिएका गम्भीर प्रश्नहरुको सहज जवाफ छैन।’
Read More

Tuesday, September 19, 2017

प्रदेश नम्बर २मा आज निर्बाचन हुदै

ाय कारण स्थानीय तहको चुनाव चरणबद्ध रूपमा गरिएको हो । यसअघि वैशाख ३१ र असार १४ दुई चरणमा गरी ६ वटा प्रदेशमा चुनाव भइसकेको छ । सोमबार हुने मतदानमा ढुक्क भएर सहभागी हुन निर्वाचन आयोगले आम मतदातामा अपिल गरेको छ ।
‘सबै मतदातालाई एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन म अनुरोध गर्दछु,’ आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुनुस् ।’ मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ । ५ बजेसम्म मतदान केन्द्र प्रवेश गरिसकेकाले मतदान गर्न पाउने व्यवस्था छ ।
आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरूले पनि नागरिकतालगायत परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ । ‘नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने,’ आयोगको निर्णयमा उल्लेख छ ।
मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइए स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् । निर्वाचन गराउन २ हजार १ सय ६६ मतदानस्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी परिचालित छन् ।
आयोगले कसैको मताधिकार कुण्ठित गराउने प्रयास नगर्न तथा कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरी मतदान गर्न अपिल गरेको छ । मतदान सकिएर मतपेटिका निर्वाचन अधिकृतको कार्यालय आइपुगेलगत्तै मतगणना थाल्न आयोगले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । विगतका घटनाक्रमलाई समेत ध्यानमा राखी मतगणना कार्यलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सुचारु गर्न सहयोगका लागि आयोगले राजनीतिक दललाई आग्रह गरेको छ ।
प्रकाशित:आश्विन २, २०७४
कान्तिपुर
Read More

रमाइलाे डान्स् हेर्नुहाेस्

काेरियामा नेपाली हरुकाे छुटै रौनक छ आफ्नु देश छाेडेर अर्कै देशमा भए पनि नेपालिहरु रमाएका छन् याे भिडियाे दक्षिण काेरियामा रहेका नेपालि काे एक झलक् मात्र हाे
Read More