Showing posts with label अन्तराष्टिय. Show all posts
Showing posts with label अन्तराष्टिय. Show all posts

Wednesday, March 28, 2018

उत्तर कोरियाली शासकसँग चिनियाँ राष्ट्रपतिको ४ प्रस्ताव



.काठमाडौँ: चिनियाँ राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाका शासक किम जोङ उनसँग चारवटा प्रस्ताव राखेका छन् । चीनको समाचार एजेन्सी सिन्ह्वाले बेइजिङमा भएको भेटघाटनका क्रममा दुई देशको सम्बन्ध सुदृढ गर्न राष्ट्रपति सीले चारवटा प्रस्ताव राखेको जनाएको छ।

१) उच्चस्तरीय भ्रमण

राष्ट्रपति सीले दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न दुवैतर्फबाट उच्चस्तरीय भ्रमण गर्नुपर्ने प्रस्ताव राखेका छन्। 'नयाँ परिस्थितिमा म अध्यक्ष कमरेडसँग पत्र, विशेष दूत र भ्रमणजस्ता विभिन्न माध्यममार्फत नियमित सम्पर्कमा रहन चाहन्छु', राष्ट्रपति सीलाई उद्‍धृत गर्दै सिन्ह्वाले लेखेको छ ।

 २) रणनीतिक सञ्चार

सीले रणनीतिक सञ्चारको सदुपयोग गर्न पनि प्रस्ताव गरेका छन्। 'मुख्य विषयहरूमा दुई पक्षबीच गहन सञ्चार र विचार आदान प्रदान गर्ने भव्य परम्परा छ', सीले भनेका छन्, 'दुवै पक्षले दुई पार्टीबीच हुने सञ्चार आदानप्रदानलाई अझ वृद्धि गर्नुपर्छ। आपसी हित प्रवर्द्धनका लागि दुई देशले विभिन्न क्षेत्रमा सहकार्य बढाउनुपर्छ।'

 ३) समाजवादी सहकार्य

सीको तेस्रो प्रस्तावमा चीन र उत्तर कोरियाले अग्रगामी र शान्तिपूर्ण विकासका लागि मिलेर काम गर्नुपर्ने भनिएको छ। 'चिनियाँ विशेषताको समाजवाद नयाँ युगमा प्रवेश गरेको छ र उत्तर कोरियाको समाजवाद निर्माण पनि नयाँ ऐतिहासिक युगतर्फ प्रवेश गरेको छ', सीले भनेका छन्, 'शान्ति, विकास र आपसी हितको झण्डा अझै माथि उठाउन समयको माग अनुसार सहकार्य गर्न तयार छौँ।' दुई मुलुकका नागरिकको हित तथा क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न दुई देश तयार रहेको राष्ट्रपति सीको भनाई छ।

 ४) सम्बन्धको सुदृढ आधार

राष्ट्रपति सीको चौथो प्रस्तावमा चीन र उत्तर कोरियाको सम्बन्धको आधार बलियो बनाउनुपर्छ भनिएको छ। दुईपक्षीय सम्बन्धलाई नागरिक-नागरिकबीचको सम्बन्ध तथा अन्य विभिन्न सहयोग आदान प्रदानमार्फत् सुदृढ गर्दै लैजाने उनको प्रस्ताव छ।

उत्तर कोरियाका शासक किम जोङ्ग उनले दुई देशका पूर्वजहरूको सम्बन्धको जगमा उभिएको उत्तर कोरिया र चीनबीचको सम्बन्ध अटल रहने विश्वास गरेको समाचारमा जनाइएको छ। नयाँ परिस्थितिमा चीनसँग सम्बन्ध विकास गर्न उत्तर कोरिया तयार रहेको जनाउँदे उनले कुनै पनि परिस्थितिमा त्यो अपरिवर्तनीय हुने उनले बताएका छन् ।

अन्नपुणपोष्ट बाट....।।


Read More