Showing posts with label राष्टिय. Show all posts
Showing posts with label राष्टिय. Show all posts

Sunday, April 14, 2019

नववर्ष २०७६ मा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना : ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य प्राप्ति हुने विश्वास बैशाख १, २०७६ आइतबार ७:२५:७




काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नव वर्ष २०७६ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्य प्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “नेपाल र नेपालीको यो दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगत्को साथ र सहयोग हामीले पाउनेछौँ ।”
हाम्रो ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस भनी शुभकामना व्यक्त गर्दैउहाँले प्राकृतिक एवं सांस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधीन र स्वाभिमान राष्ट्रका रुपमा विश्व मानचित्रमा अङ्कित छ भन्नुभयो ।
विसं २०७५ सङ्घीय शासन प्रणालीअनुरूपको कानून निर्माण एवं संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको स्मरण गराउदै उहाँले भन्नुभएको छ, “नयाँ वर्षका अवसरमा सबै नेपाली दिदी बहिनी, दाजुभाइमा उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछु ।” सन्देशमा भनिएको छ, “नयाँ वर्ष २०७६ साल मुलुकमा समृद्धि र दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
उपराष्ट्रपतिद्वारा नव वर्षको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
विक्रम् संवत् २०७५ बिदा भई २०७६ शुभारम्भ भएका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति पुनले भन्नुभएको छ, “देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका साथ स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । विसं २०७५ विकास र समृद्धिका लागि बलियो जग बनाएर बिदा भएको छ । नयाँ वर्ष आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने मैले अपेक्षा लिएको छु ।”  
नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपतिले राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै जानुपर्नेमा जोड दिनुभएको छ ।
नयाँ वर्षले नेपालीकाबीच आपसी समझदारी, सद्भाव तथा सहकार्यको वातावरण बन्नुका साथै समुन्नत र समृद्ध राष्ट्र निर्माण गर्ने साझा एजेण्डामा सबैको ध्यान केन्द्रित गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । 
 
अन्तिम अपडेट: बैशाख १, २०७६

उज्यालो  अनलाइन बाट


Read More

Sunday, September 16, 2018

साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका डीएसपी केसी साधारण तारेखमा रिहा

साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका डीएसपी केसी साधारण तारेखमा रिहा



Read More

Friday, March 30, 2018

गुण्डा नाइके चक्रे मिलनका सहयोगी आशिष गुरुङ समातिए


१६ चैत, काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी आशिष गुरुङ पक्राउ परेका छन् ।

उनलाई काठमाडौं प्रहरी परिसरले महाराजगञ्जबाट पक्राउ गरेको हो ।








एक महिलासँग वाउन्स चेक भएको ८ लाख रुपैयाँ उठाइदिन्छु भन्दै ५० हजार रुपैयाँ उड्भान्स लिएको सुराकी पाएपछि उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।


अनलाइन खबर बाट...
Read More

तीन विद्यार्थी संगठनद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ (बायाँबाट) ।

अस्थायी शिक्षकको परीक्षा स्थगित गरी शिक्षा ऐनमा १० औं संशोधन गर्न माग.











१६ चैत, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।

शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । यही चैत २३ गते परीक्षा निर्धारण गरिएको छ ।




अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनलाइनखबरसँग भने, ‘पहिले परीक्षा स्थगित गर्नुपर्‍यो, जसले वार्ताको वातावरण निर्माण गर्दछ ।’

सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

‘शिक्षा ऐनमा १० औं संशोधन आवश्यक’

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् ।

शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । तर तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत पुर्‍याइएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले भने, ‘परीक्षा स्थगित गरेर शिक्षा ऐनमा अविलम्ब १० औं संशोधन गर्नुपर्छ ।’

आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि र मध्याह्न काठमाडौंको माइतीघर मण्डलामा चक्काजाम गर्दैछन् ।

हेर्नुहोस् प्रमुख तीन विद्यार्थी संगठनले विहीबार राति जारी गरेको विज्ञप्ती
अनलाइन खबर बाट

Read More

Wednesday, March 28, 2018

सडकमा सुतेर आन्दोलन गर्ने विद्यार्थीविरुद्ध प्रहरी



.
काठमाडौं : अस्थायी शिक्षकसंगै शिक्षण लाइसेन्स लिएर बसेकालाई पनि संगै प्रतिस्पर्धा गराउनुपर्ने माग गर्दै शिक्षा शास्त्र पढेका विद्यार्थी आन्दोलित भएका छन् । बुधबार माइतीघर मण्डलामा आमरण अनशन बसेका विद्यार्थी सडकमा उत्रिएपछि प्रहरीले हटाउन खोज्दा नमानेपछि बल प्रयोग गरेर हटाएको छ ।

माइतीघर मण्डलामा अनसन बसेका विद्यार्थी सडकमै गएर सुतेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको हो । प्रहरीले विद्यार्थीमाथि बल प्रयोगगर्दा केही बेर स्थिति तनावग्रस्त बनेको थियो ।



Read More

Monday, March 26, 2018

धनकुटाका सामुदायिक वनमा आगलागी, १ को ज्यान गयो, २ करोड बढीको क्षति




१२ चैत, धनकुटा । मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव रु दुई करोडको क्षति भएको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ ।

सात स्थानीय तह रहेको धनकुटामा ३४६ सामुदायिक वन मध्ये १३ वटा वन जलेर पूर्ण नष्ट हुँदा वन क्षेत्रमा रहेका बिरुवा एवं जडीबुटी जलेर नष्ट हुँदा करीव रु दुई करोड बराबरको क्षति भएको वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले बताए



जिल्लाका छथर जोरपाटीको भञ्ज्याङडाँडा सामुदायिक वनको १०० हेक्टर, धनपा–५ को बडरे ३६ हेक्टर, धनपा–१० को पात्ले सामुदिायक वनको ६० हेक्टर, चौबिसे गाउँपालिका ठूलीभिर सामुदायिक वनको १९१ हेक्टर चौविसेका–४ को देउराली सामुदायिक वनको २० हेक्टर छथर जोरपाटिको सिवुवा ताक्लाखर्क ६७७ हेक्टर सोही क्षेत्रको पाथीभरा सामुदायिक वनको ५०० हेक्टर वन डढेलोका कारण पूर्ण नष्ट भएका छन् ।

धनपा–९ को रुद्रबारी सामुदायिक वनको २५ हेक्टर धनपा–९ को रधुटार ३६ हेक्टर र विश्रान्ती समुदायिक वनको केही क्षेत्रसमेत डढेलेको कारण क्षति भएको छ । जिल्लाको शहीदभूमि गाउँपालिकामा रहेको पञ्चकन्या सामुदायिक वनमा लागेको आगोमा परेर शहीदभूमि–२ का ५१ वर्षीय बानु छारा राईको मृत्यु भएको थियो भने धनकुटा नगरपालिका–९ बेलहाराको जलकन्या सामुदायिक वनबाट बस्तीतर्फ गएपछि पाँच गोठ र चार घर आगलागीमा परेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

मानवीय कमजोरीका कारण विगत वर्षमा भन्दा यस वर्ष धनकुटामा ठूलो क्षति हुने गरेको मिश्रको भनाइ रहेको छ ।

सुख्खा मौसम भएका कारण आगामी जेठ महिनासम्म विभिन्न क्षेत्रमा आगलागीबाट क्षति हुने सम्भावनालाई ख्याल गरी सचेत गराउन धनकुटा जिल्लाका स्थानीय सञ्चार माध्यमबाट सूचना प्रवाह गरिएको जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले बताए ।

२०७४ चैत १२ गते ७:५६ मा प्रकाशित
Read More

Sunday, March 25, 2018

किन विश्वमा नै फरक छ नेपाल ? जान्नुहोस नेपाल सम्बन्धी केहि रोचक जानकारी



नेपाल ! हिमालको काखमा रहेको विश्वको सबै भन्दा सुन्दर देश , बिहान सुर्यको उदयसंगै सेता दन्तलहर देखाएर हासिरहेको हुन्छ । पहाडबाट तल तिर निरन्तर बगिरहने खोलाले भरिरहने संगीत र हावाको तालसगै  तराईका फाटहरु झुलीरहेका हुन्छन ।

फरक जाति, भाषा , धर्म , सस्कृतिका मानिसहरुको बसोबास रहेको देश हो नेपाल । हिमाल देखि तराई सम्म आ-आफ्नै बिशेष पहिचान बोकेका र आ-आफ्नै फरक सस्कृति अनुसार फरक फरक चाडपर्व मनाउने मानिसहरुको बाहुल्य रहेको छ ।

यहाँको विविधता र यो विविधतामा रमाउनको लागि वर्षेनी बिभिन्न तेस्रो मुलबाट नेपालमा आउने चराचुरुङ्गीहरु र यहाँ रहेका ठाउँ र हावा पानी अनुसार पाइने बन्यजन्तुहरु यहाँका आकर्सकका केन्द्र बिन्दु हुन ।

प्राकृतिक सुन्दरता , फरक जाति , भाषा र धार्मिक आस्था भएकाहरु विचको एकता, यहाँको हावा-पानी , र ठाउँ अनुसार पाईने वन्यजन्तुहरु नेपालका बिशेषता हुन । यिनै कुराहरुमा रहेर नेपालको बारमा केहि रोचक जानकारी यहाँ प्रस्तुत गरिने छ ।

प्रस्तुत छन नेपालको बारेमा केहि यस्ता जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ ।
१. यदि नेपालको नक्सालाई ९० डिग्रिमा दायाँबाट घुमाउने हो भने झन्डै पोर्चुगलको नक्सासगं मिल्छ । त्यसैले नेपाल र पोर्चुगललाई विश्वको मानचित्रमा जुमल्याहा पनि भनिन्छ ।

२. नेपाल मात्र एउटा यस्तो देश हो , जुन देश ६० देखि ८८४८ मिटर उचाई सम्म फैलिएको छ ।

३. विश्वमा रहेका १४ वटा सबभन्दा अग्ला हिमालहरु मध्य नेपालमा ८ वटा हिमाल रहेका छन । जस मध्ये विश्वको शिखर सगरमाथा सहित  मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण विश्वको ८ हजार मिटर भन्दा अग्ला हिमालहरु हुन ।




४. नेपालका लगभग ८७० प्रजातिका चराहरु पाईन्छ, जुन युरोप र उत्तर अफ्रिकाका सम्पूर्ण महाद्वीप भन्दा धेरै  हो। ६५० प्रजातिका पुतलिहरु पाइन्छ, जुन विश्वको ४.२ % हो । विश्वमा पाइने स्तनपान गराउने जनावरहरु मध्य ३.९५ % नेपालमा पाइन्छ । त्यसैले नेपाललाई एसियाको अमेजन भनेर चिनिन्छ ।

५. नेपालको राजधानि काठमाण्डौँलाइ मन्दिरै मन्दिरको शहर भनेर चिनिन्छ । काठमाण्डौको १५ किलोमिटर भित्रको चौडाइमा १५ वटा स्थानहरु विश्व सम्पदा सुचिमा रहेका छन । र काठमाण्डौँलाइ संसारको जीवित सांस्कृतिक संग्रहालय पनि भनिन्छ ।

६. नेपाल मात्र विश्वको एउटा यस्तो देश हो , जहाँ जाति र धर्मको नाममा कुनै पनि युद्ध भयको छैन ।

७.  संसारको प्रसिद्ध योद्धा , गोर्खाली नेपालका हुन । जसको बहादुरीले नेपाललाई ब्रिटिस उपनिवेस हुन दिएन ।

८. नेपालको दक्षिण भागमा अवस्थित लुम्बिनि गौतम बुद्धको जन्म स्थान हो । बुद्धले आविस्कार गरेको वौद्ध धर्म विश्वको प्रमुख धर्महरु मध्य एक हो ।





९. नेपालमा जिबित भगवान पाईन्छ , जस्लाई कुमारी भनेर चिनिन्छ ।

१०. नेपालमा धेरै प्रयोग हुने नमस्तेको अर्थ – ” म तपाई भित्र रहेको परमेश्वरलाइ सलाम गर्छु ” हो ।

११. नेपालमा ८० भन्दा बढी जातीय समूहहरू  र १२३ भन्दा बढि मातृ भाषा रहेका छन।

१२. नेपाल मात्र एउटा देश हो जसको राष्ट्रिय झन्डा चारपाटे नभएर त्रिकोणात्मक छ ।

१३. सन १८१५ देखि नेपालीले गोरखाली ब्रिटिस आर्मीको रुपमा लगातार सेवा  दिदै आइरहेको छ  ।

१४. नेपालको तिलिचो ताल (४८०० मिटर ) संसारकै सबै भन्दा अग्लो स्थानमा रहेको ताल हो भने अरुण भ्याली सबै भन्दा अग्लो स्थानमा रहेको भ्याली हो ।

१५.  संसारभरि पाइने चराहरुको प्रजाति मध्ये ८ % नेपालमा पाइन्छ ।.


Read More