.
विज्ञान प्रविधिको क्षेत्रमा चामत्कारिक प्रगति हुदै हाम्रो दैनिक जीवनलाई अझ सहज बनाउने प्रविधिहरु आउने क्रम जारि छ। पृथ्वीको कक्ष भन्दा करोडौ माइल टाढा पनि मानव निर्मित यानहरुले अध्ययन गर्छन। प्रिविधिमा यतिका बिकास भैसक्दा समेत आज सम्म यस्तो यन्त्र बनिसकेको छैन जसले हाम्रो पृथ्वीलाई ध्वस्त पार्न सकोस। हामीले सुन्नमा आए पनि संसारमा कुनै पनि बम अथवा क्षेप्यास्त्रले हाम्रो पृथ्वीलाई पूर्ण रुपमा नष्ट पार्न सक्दैन। तर आज हामी ति कारणहरुको चर्चा गर्ने छौं जसले पृथ्वीलाई ध्वस्त पार्न सक्छ।
१. Asteroid ले ठक्कर दिएमा
भ्रह्माण्डमा रहेका विभिन्न ग्रहहरु ठोक्किएर उछिटिने पत्थरहरु उल्काको रुपमा अन्तरिक्षमा घुमिरहेका हुन्छन। यसको आकार १ मिटर देखि २० सम्मको हुने गर्दछ । यस्ता पत्थरहरु अन्तरिक्षबाट पृथ्वीमा जहा पनि र जुन सुकै समयमा पनि झर्न सक्छन । तर पृथ्वी एउटा यस्तो वायुमण्ल रहेको छ जसले उल्काहरुलाई जमिन सम्म आइपुग्नबाट रोक्ने गर्दछ । जसको परिणाम ति उल्काहरु जमिनमा खस्नु भन्दा अगाडी जलेर नष्ट हुने गर्दछन । कुनै कुनै उल्काहरु यति ठुला पनि हुन्छन कि पृथ्वी संग ठोक्कियो भने सजिलै हाम्रो अस्तित्व समाप्त गरि दिन सक्छ। तर यस्तो घटना बिरलै घट्ने गर्दछ।
२. सुर्य बिस्फोट भएमा
सुर्य एउटा हाइड्रोजन ग्याँसले बनेको यस्तो तातो तारा हो कि जुन पृथ्वी भन्दा कैयौं गुना टाढा छ। पृथ्वीले सुर्यलाई चक्कर लगाइराखेको हुन्छ जसको कारण पृथ्वीमा दिन रात अनि मौसम /ऋतु हरु बदलिन्छ।यदि सुर्य कुनै कारणले विस्फोट भएको खण्डमा सुर्य बाट निस्किने अत्ति तातो लाभाले पृथ्वी लगायत अन्य ग्रहहरुलाई सजिलै निल्न सक्छ।नआत्तुनिस बैज्ञानिकका अनुसार सुर्य विस्फोट हुन अझै लाखौ बर्ष लाग्छ। बैज्ञानिकलाई मान्ने हो अहिलेको सुर्य र अन्य ताराहरु मिलेर केहि करोड बर्षपछि एउटा रातो बिशाल ग्रहमा परिणत हुनेछ।
३. Black Hole
Black hole अर्को कारण हुन सक्छ पृथ्वी को अन्त्य हुनको लागि । कुनै कारणबश Black hole हाम्रो सौर्य मण्डल भित्र पर्न गयो भने पृथ्वी लगायत अन्य ग्रहहरु ठोक्किन्छन किनकि Black Hole भित्रकोचाप एक्दमै धेरै हुन्छ ।यदि Black hole पृथ्वीको नजिकमात्र आईदिए मात्र पनि पृथ्वीलाई आफ्नो कक्षबाट सजिलै तान्न सक्छ ।
४. ज्वालामुखी
पृथ्वीको भित्रि सतह बाट तातो तरल पदार्थ कम्जोर बाहिरी सतहबाट बिस्फोट भइ निस्किने तातो तरल पदार्थ नै ज्वालामुखी हो । यदि पृथ्वीमा एकदमै ठुलो ज्वालामुखी विस्फोटन भयो भने पृथ्वीमा रहेका सबै प्राणी हरु नस्ट हुन्छन । उसो त पृथ्वीमा स-साना ज्वालामुखी भने विस्फोट भइ नै रहन्छ । अहिले सम्मसबै भन्दा ठुलो ज्वालामुखीअमेरिकाको Yellostone National park मा विस्फोट भएको थियो जुन ३५ माइल लामो लम्बाई र ४५ माइल चौडाईको थियो।यस्ता खालका ज्वालामुखी प्रत्येक ६०००० बर्षमा मात्र विस्फोट हुने गर्दछ ।ज्वालामुखी बाट निस्किने लाभाले पृथ्वीमा रहेको रुख बिरुवाहरु नस्ट गराउछ यति मात्र होइन ज्वालामुखीको कारणले निस्किने बाक्लो धुवाँले पृथ्वी ढाकछ फलस्वरूप सुर्यको प्रकाश पृथ्वीसम्म पुग्दैन।
५. ओजोन लेयर को समाप्ति
ओजोन लेयर Ozone Layer एउटा यस्तो लेयर हो जून वायुमंडलमा हुन्छ जसले पृथ्वीमा आउने हानिकारक रे(Harmful UV Rays) हरुलाई छेक्छ र हामी लाई बचाउछ ।यदि कुनै किसिमले ओजोन लेयर नहुने हो भने पृथ्वीमा जीवित प्राणीहरुको अस्तित्व सकिन्छ ।
६. एलियन (Aliens)
बिज्ञानिक हरु पृथ्वीभन्दा अन्य ग्रहहरुमा कुनै किसिमको मान्छे भन्दा बुद्दिमानी प्राणीहरु हुन सक्ने बताउछन यद्दपि प्रमाणित भने भएको छैन ।यदि यस्तै किसिमको कुनै प्राणीले अत्याधुनिक यन्त्रले आक्रमण गर्यो भने पृथ्वी ध्वस्त हुन सक्नेछ ।
EmoticonEmoticon