Showing posts with label विज्ञान. Show all posts
Showing posts with label विज्ञान. Show all posts

Sunday, March 25, 2018

जुकरबर्गले मागे माफी, बन्द होला त फेसबुक !



चैत 11 – क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएको पाँच दिनपछि फेसबुकका मालिक मार्क जुकरबर्गले मौनता तोडेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको थियो । विश्वका विभिन्न सरकारले फेसबुकमाथि कडा नियमन गरिनुपर्ने माग गर्दै आएका छन् ।




फेसबुकमा संस्थापक समेत रहेका माक जुकरबर्गले आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘फेसबुक र यसका प्रयोगकर्ताप्रतिकै विश्वासघात हो, जसले हामीसँग व्यक्तिगत जानकारी शेयर गर्दछन् ।’ जुकरबर्गले फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्, ‘तपाईँहरुको व्यक्तिगत जानकारीको सुरक्षाको प्रत्याभूति दिने हाम्रो उत्तरदायित्व हो । यदि हामीले त्यो गर्न सकेनौँ भने हामी सेवा दिन लायक रहँदैनौँ ।’




फेसबुकले सुरुमा कानुनी रुपमै शैक्षिक प्रयोजनका लागि एक जना प्राध्यापकले डाटा कलेक्सन गरेको  बताएकाे छ । तर त्यसलाई पछि क्याम्ब्रिज  एनालिटिकासहितका तेस्रो पक्षलाई उपलब्ध गराइएको फेसबुकले स्पष्ट पारेको छ । यो फेसबुकको नीति विपरीत भएको पनि जुकरबर्गले स्पष्ट पारेका छन् ।

फेसबुकमाथि गोपनियताको प्रश्न उठेपछि प्रयोगकर्ता र यसका लगानीकर्ताहरुले नै कानुनी उपचारको बाटो खोजिरहेका छन् । सन् २०१४ मा फेसुबुकले १९ अर्ब अमेरिकी डलरमा ह्वाट्सएप किनेको थियो । क्याम्ब्रिज एनालिटिका प्रकरणपछि ‘डिलेट फेसबुक’ मुभमेनट नै चलेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस प्रकारको घटना दोहोरिन नदिनका लागि विभिन्न व्यवस्था गर्न लागेको बताए ।

कुनै पनि प्रकारको दुरुपयोग रोक्नका लागि डेभलपर्सको डाटा एक्सेसलाई सीमित गरिनेछ । यदि प्रयोगकर्ताले तीन महिनासम्म फेसबुक एप प्रयोग गरेनन् भने त्यसको डाटा एक्सेस डेभलपरबाट फिर्ता लिइनेछ । कुनै पनि एपमा साइन इन गर्ने समयमा प्रयोगकर्ताको तर्फबाट दिइने जानकारीमा नाम, प्रोफाइल फोटो तथा इमेल एड्रेसमा मात्रै पहुँच दिइनेछ । डेभलपर्सले यदि प्रयोगकर्ताको पोस्ट तथा व्यक्तिगत जानकारी हासिल गर्न चाहेमा पहिले नै अनुमति लिई सम्झौता पत्रमा हस्ताक्षर गर्नु पर्नेछ ।


-एजेन्सीकाे सहयाेगमा




https://www.facebook.com/News-online-1865556936810074/
Read More

यी ६ कारणहरुले ध्वस्त पार्न सक्छ हाम्रो पृथ्वी



.
विज्ञान प्रविधिको क्षेत्रमा चामत्कारिक प्रगति हुदै हाम्रो दैनिक जीवनलाई अझ सहज बनाउने प्रविधिहरु आउने क्रम जारि छ। पृथ्वीको कक्ष भन्दा करोडौ माइल टाढा पनि मानव निर्मित यानहरुले अध्ययन गर्छन। प्रिविधिमा यतिका बिकास भैसक्दा समेत आज सम्म यस्तो यन्त्र बनिसकेको छैन जसले हाम्रो पृथ्वीलाई ध्वस्त पार्न सकोस। हामीले सुन्नमा आए पनि संसारमा कुनै पनि बम अथवा क्षेप्यास्त्रले हाम्रो पृथ्वीलाई पूर्ण रुपमा नष्ट पार्न सक्दैन। तर आज हामी ति कारणहरुको चर्चा गर्ने छौं जसले पृथ्वीलाई ध्वस्त पार्न सक्छ।

१. Asteroid ले ठक्कर दिएमा




भ्रह्माण्डमा रहेका विभिन्न ग्रहहरु ठोक्किएर उछिटिने पत्थरहरु उल्काको रुपमा अन्तरिक्षमा घुमिरहेका हुन्छन।  यसको आकार १  मिटर  देखि २० सम्मको हुने गर्दछ । यस्ता पत्थरहरु अन्तरिक्षबाट पृथ्वीमा जहा पनि र जुन सुकै समयमा पनि  झर्न सक्छन । तर पृथ्वी एउटा यस्तो वायुमण्ल रहेको छ जसले उल्काहरुलाई जमिन सम्म आइपुग्नबाट रोक्ने गर्दछ । जसको परिणाम ति उल्काहरु जमिनमा खस्नु भन्दा अगाडी जलेर नष्ट हुने गर्दछन । कुनै कुनै उल्काहरु यति ठुला पनि हुन्छन कि पृथ्वी संग ठोक्कियो भने सजिलै हाम्रो अस्तित्व समाप्त गरि दिन सक्छ। तर यस्तो घटना बिरलै घट्ने गर्दछ।

२. सुर्य बिस्फोट भएमा

सुर्य एउटा हाइड्रोजन ग्याँसले बनेको यस्तो तातो तारा हो कि जुन पृथ्वी भन्दा कैयौं गुना टाढा छ। पृथ्वीले सुर्यलाई चक्कर लगाइराखेको हुन्छ जसको कारण पृथ्वीमा दिन रात अनि मौसम /ऋतु हरु बदलिन्छ।यदि सुर्य कुनै कारणले विस्फोट भएको खण्डमा सुर्य बाट निस्किने अत्ति तातो लाभाले पृथ्वी लगायत अन्य ग्रहहरुलाई सजिलै निल्न सक्छ।नआत्तुनिस बैज्ञानिकका अनुसार सुर्य विस्फोट हुन अझै लाखौ बर्ष लाग्छ। बैज्ञानिकलाई मान्ने हो अहिलेको सुर्य र अन्य ताराहरु मिलेर केहि करोड बर्षपछि एउटा रातो बिशाल ग्रहमा परिणत हुनेछ।

३. Black Hole



Black hole अर्को कारण हुन सक्छ पृथ्वी को अन्त्य हुनको लागि । कुनै कारणबश Black hole हाम्रो सौर्य मण्डल भित्र  पर्न  गयो भने पृथ्वी लगायत अन्य ग्रहहरु ठोक्किन्छन किनकि Black Hole भित्रकोचाप एक्दमै धेरै हुन्छ ।यदि Black hole पृथ्वीको नजिकमात्र आईदिए मात्र पनि पृथ्वीलाई आफ्नो कक्षबाट सजिलै तान्न सक्छ  ।

४. ज्वालामुखी






पृथ्वीको भित्रि सतह बाट तातो तरल पदार्थ कम्जोर बाहिरी सतहबाट बिस्फोट भइ निस्किने तातो तरल पदार्थ नै ज्वालामुखी हो । यदि पृथ्वीमा एकदमै ठुलो ज्वालामुखी विस्फोटन भयो भने पृथ्वीमा रहेका सबै प्राणी हरु नस्ट हुन्छन  । उसो त पृथ्वीमा स-साना ज्वालामुखी भने विस्फोट भइ नै रहन्छ । अहिले सम्मसबै भन्दा ठुलो ज्वालामुखीअमेरिकाको Yellostone National park मा विस्फोट भएको थियो जुन ३५ माइल लामो लम्बाई र ४५  माइल चौडाईको थियो।यस्ता खालका ज्वालामुखी प्रत्येक ६०००० बर्षमा मात्र विस्फोट हुने गर्दछ   ।ज्वालामुखी बाट निस्किने लाभाले पृथ्वीमा रहेको रुख बिरुवाहरु नस्ट गराउछ यति मात्र होइन ज्वालामुखीको कारणले निस्किने बाक्लो धुवाँले पृथ्वी ढाकछ फलस्वरूप सुर्यको प्रकाश पृथ्वीसम्म पुग्दैन।

५. ओजोन लेयर को समाप्ति





ओजोन लेयर Ozone Layer एउटा यस्तो लेयर हो जून वायुमंडलमा हुन्छ जसले पृथ्वीमा आउने हानिकारक रे(Harmful UV Rays) हरुलाई छेक्छ र हामी लाई बचाउछ ।यदि कुनै किसिमले ओजोन लेयर नहुने हो भने पृथ्वीमा जीवित प्राणीहरुको अस्तित्व सकिन्छ ।

६. एलियन (Aliens)




बिज्ञानिक हरु पृथ्वीभन्दा अन्य ग्रहहरुमा कुनै किसिमको मान्छे भन्दा बुद्दिमानी प्राणीहरु हुन सक्ने बताउछन यद्दपि प्रमाणित भने भएको छैन ।यदि यस्तै किसिमको कुनै प्राणीले अत्याधुनिक यन्त्रले आक्रमण गर्यो भने पृथ्वी ध्वस्त हुन सक्नेछ  ।






Read More

यस्तो भन्छ अध्ययन -मृत्यु हुनुभन्दा अघि मानिसको दिमागमा कस्ता कुरा आउँछन् ?



काठमाडौँ ।

मृत्यु कसैको वशमा छैन । हरेक प्राणीहरु नचाहेरै जन्मन्छन् र अन्त्यमा नचाहेरै मर्छन् । मृत्युका बारेमा सामान्य आँकलन भएपनि मानिस कति बेला मर्छ भन्ने कुरा अत्यन्तै जटिल प्रश्न हो । हाम्रो शरीरले मृत्यु हुने बेला कस्ता कस्ता लक्षण देखाउँ। यो कुरामा वैज्ञानिक अनुसन्धान पनि भएको छ । मानिस मृत्युका बारेमा जानकार भयो भने उ अझ बढी निराश बन्ने भएकोले वैज्ञानिकहरुले अनुसन्धान गरेका कतिपय कुराहरु पनि गोप्य नै रहेका छन् । हाम्रो दिमागमा मृत्यु हुनुभन्दा पहिले के कस्ता कुराहरुको सोच आउँछ यो कुरा वैज्ञानिकले अनुसन्धान गरेका छन् ।

यो अध्ययन बर्लिनका चेरिट विश्वविद्यालय र ओहायोको सिनसिनाटी विश्वविद्यालयका वैज्ञानिकले जेन्स द्रेयरको अगुवाइमा गरेका हुन् ।

यसका लागि वैज्ञानिहरुले केही बिरामीको दिमागका तन्तुमाथि गम्भीर रुपमा निगरानी गरे । यसका लागि उनीहरुले बिरामीका परिजन (आफन्तजन)बाट पूर्वानुमति लिएका थिए ।

अध्ययनमा सामेल बिरामीहरु भीषण सडक दुर्घटनामा घाइते भएका तथा स्ट्रोक र कार्डियक अरेस्टको शिकार भएकाहरु थिए । वैज्ञानिकहरुले पत्ता लगाए कि मृत्युको समयमा जनावर र मानिसको दिमाग एकै तरिकाले काम गर्छ । साथै एक यस्तो समय पनि आउँछ जब दिमागी काम–काज आभास (महशुष)मा मात्रै परिणत हुन जान्छ ।

यो अध्ययनको उद्देश्य मृत्युको अन्तिम क्षणमा पनि कुनै व्यक्तिलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा पनि केन्द्रित थियो । अध्ययनमा सहभागी वैज्ञानिकहरुको भनाइ छ कि शोध (अध्ययन)भन्दा पहिले ‘ब्रेन डेथ’को बारेमा जति पहिले जानकारी थियो त्यो भन्दा बढी जनावरमा गरिएको अध्ययनबाट पत्ता लाग्यो ।

अनुसन्धानमा संलग्न डाक्टरहरु भन्छन्,

मृत्युको बेला..

– शरीरमा रगतको प्रवाह रोकिन्छ । जसका कारण दिमागमा अक्सिजनको कमी हुन जान्छ ।

– सेरेब्रल इस्किमया नामको यस स्थितिमा जÞरूरी रासायनिक अवयवको कमी हुन जान्छ । जसका कारण  दिमागमा ‘इलेक्ट्रिकल एक्टिभिटी’ पूर्ण रुपमा समाप्त हुन्छ ।

– यस्तो मानिन्छ कि दिमाग शान्त हुने यो प्रक्रिया यसकारण हुन्छ कि भोकाएका न्यूरोन आफ्नो उर्जा संरक्षित गर्छन् । तर ती न्यूरोनले गरेको उर्जा कुनै काम लाग्दैन किनकी मृत्यु नजिकै आइसकेको हुन्छ।

– सबै आयन (प्रोटोन र इलेक्टोनको समान संख्या भएको अणु) दिमागी कोषबाट छुट्टिएर अलग हुन्छ । जसले गर्दा एडेनोसीन ट्राइफोस्फेटको आपूर्ति कमजोर पर्न जान्छ । यो यस्तो जटिल जैविक रसायन हो, जसले पूरा शरीरमा उर्जालाई सञ्चित गरेर राख्छ र उसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम पनि गर्छ ।

– त्यसपछि टिश्यू (तन्तु)को रिकभरी असम्भव हुन जान्छ ।

तर वैज्ञानिकहरुको टीम मानिसको सम्बन्धमा यस प्रक्रियाबारे अरु गहिराइबाट जान्न चाहन्थ्यो । यसकारण उनीहरुले केही बिरामीहरुको न्यूरोलोजिकल गतिविधिको पनि निगरानी गरे । शोधकर्ताहरुलाई डाक्टरबाट निर्देशन दिइएको थियो कि यी बिरामीहरुलाई इलेक्ट्रोड स्ट्रिप्स आदिको प्रयोग गरेर बेहोसीबाट होसमा ल्याउने कोसिस नहोस् ।

वैज्ञानिकहरुले पत्ता लगाए कि ९ मध्ये ८ बिरामीको दिमागका कोषहरु मृत्युलाई टार्न (पछि धकेल्न) कोसिस गरिरहेका थिए । वैज्ञानिकहरुले पाए कि मुटुको धड्कन रोकिँदा पनि दिमागका कोषहरु र न्यूरोन काम गरिरहेका थिए।

न्यूरोनको काम गर्ने प्रक्रिया यस्तो हुन्छ कि उनीहरु आवेशित आयनबाट आफूलाई भर्छन् र आफ्नो तथा आफ्नो वातावरणको बीचमा विद्युतीय असन्तुलन बनाउँछन् । यसबाट यी न्यूरोनले छोटो झट्का (शक) उत्पन्न गर्न सक्षम हुन्छन् । वैज्ञानिकहरुका अनुसार यस्तो विद्युतीय असन्तुलन बनाएर राख्नु एक लगातार हुने प्रयास हो । यसका लागि यी कोषहरु बगिरहेको रगतको प्रयोग गर्छन् । त्यस्तो रगतबाट ती कोषहरुले अक्सिजन र रसायनिक उर्जा प्राप्त गर्छन्।

वैज्ञानिकहरुका अनुसार जब शरीर मर्छ र दिमागमा रगतको प्रवाह बन्द हुन जान्छ, तब अक्सिजनबाट बञ्चित न्युरोनले छोडिएका संसाधनलाई जम्मा गर्ने कोसिस गर्छन् । किनकी यो प्रक्रिया बिस्तारै भन्दा पनि पुरै मस्तिष्कमा एकैपटक फैलिन्छ । यसलाई  ‘अनप्रिपेयर्ड डिप्रेसन’ भनिन्छ । यसपछिको स्थितिलाई ‘डिपोलोराइजेसन अफ डिफ्यूजन’ भनिन्छ।

इलेक्ट्रोकेमिकलको ब्यालेन्सका कारण दिमागका कोषहरु नष्ट हुन पुग्छन् । जसले गर्दा केही मात्रामा थर्मल इनर्जी रिलिज हुन्छ । त्यसपछि मानिसको मृत्यु हुन्।

तर अध्ययनको निष्कर्श छ कि मृत्यु आज जति अटल छ, भविष्यमा पनि यस्तै नरहन सक्छ ।

अध्ययनको नेतृत्वकर्ता वैज्ञानिक जेन्स द्रेयर भन्छन्, ‘एक्सपेन्सिभ डिपोलोराइजेसनका कारण कोषीय परिवर्त शुरु हुन्छ। त्यसपछि मृत्यु हुन्छ । तर यो आफैंमा मृत्युको क्षण भने हैन । किनकी डिपोलोराइजेशनलाई उर्जाको आपूर्ति बहाल गरेर पल्टाउन सकिन्छ।’

यद्यपि यसलाई प्रयोगमा ल्याउन अझै धेरै शोधको आवश्यकता रहेको द्रेयर बताउँछन्। द्रेयर भन्छन्, ‘मृत्युजस्तै यो दिमागी आयाम एक जटिल घटना हो । यससँग जोडिएका गम्भीर प्रश्नहरुको सहज जवाफ छैन।’
Read More