Saturday, August 15, 2020

पूर्वी नेपालको केहि महत्वपुर्ण ठाउँको एक झलक

Read More

Sunday, April 14, 2019

नववर्ष २०७६ मा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना : ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य प्राप्ति हुने विश्वास बैशाख १, २०७६ आइतबार ७:२५:७




काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नव वर्ष २०७६ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले मुलुकको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्य प्राप्त गर्न विसं २०७६ महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “नेपाल र नेपालीको यो दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगत्को साथ र सहयोग हामीले पाउनेछौँ ।”
हाम्रो ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस भनी शुभकामना व्यक्त गर्दैउहाँले प्राकृतिक एवं सांस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधीन र स्वाभिमान राष्ट्रका रुपमा विश्व मानचित्रमा अङ्कित छ भन्नुभयो ।
विसं २०७५ सङ्घीय शासन प्रणालीअनुरूपको कानून निर्माण एवं संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको स्मरण गराउदै उहाँले भन्नुभएको छ, “नयाँ वर्षका अवसरमा सबै नेपाली दिदी बहिनी, दाजुभाइमा उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछु ।” सन्देशमा भनिएको छ, “नयाँ वर्ष २०७६ साल मुलुकमा समृद्धि र दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
उपराष्ट्रपतिद्वारा नव वर्षको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
विक्रम् संवत् २०७५ बिदा भई २०७६ शुभारम्भ भएका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति पुनले भन्नुभएको छ, “देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराका साथ स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । विसं २०७५ विकास र समृद्धिका लागि बलियो जग बनाएर बिदा भएको छ । नयाँ वर्ष आर्थिक सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने मैले अपेक्षा लिएको छु ।”  
नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपतिले राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै जानुपर्नेमा जोड दिनुभएको छ ।
नयाँ वर्षले नेपालीकाबीच आपसी समझदारी, सद्भाव तथा सहकार्यको वातावरण बन्नुका साथै समुन्नत र समृद्ध राष्ट्र निर्माण गर्ने साझा एजेण्डामा सबैको ध्यान केन्द्रित गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । 
 
अन्तिम अपडेट: बैशाख १, २०७६

उज्यालो  अनलाइन बाट


Read More

समय कम छ छिटो दौडिनु छ : प्रधानमन्त्री ओली बैशाख १, २०७६ आइतबार ७:५३:४७



हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री 

निवास बालुवाटार परिसरबाट नयाँ वर्षको अवसरमा देशवासीलाई शुभकामना दिनुहुँदै उहाँले अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य नहुने बताउनुभयो ।  
विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताउनुभयो ।  
२०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सरकारका उपलब्धिको चर्चा पनि गर्नुभयो ।  
प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उहाँले उपलब्धिको रुपमा व्याख्या गर्नुभयो । नेपाली इमान भएको जाति हो भन्दै उहाँले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको पनि प्रष्ट पार्नुभयो । 
विभिन्न जालझेल गरेर माफियाहरुले कब्जा गरेका सरकारी जग्गाहरु फिर्ता गराउने अभियान सुरु भइसकेकाले अब सरकारी सम्पत्ति कुनै पनि हालतमा दूरुपयोग हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो । 
अब देशलाई अति कम विकसित मुलुकबाट विकसित मुलुकको रुपमा अघि बढाउन सरकार लागिरहेकाले त्यसमा सबैको साथ र सहकार्य जरुरी रहेको पनि उहाँले बताउनुभयो । 
अन्तिम अपडेट: बैशाख १, २०७६
Read More

Sunday, September 16, 2018

साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका डीएसपी केसी साधारण तारेखमा रिहा

साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका डीएसपी केसी साधारण तारेखमा रिहा



Read More

Saturday, August 11, 2018

नेपाली सामान्यज्ञान १००को रिचार्ज फ्रि

नियमः

        

 

१.एउटा प्रश्नको एउटै ऊत्तर दिनु पर्नेछ।

२.उत्तर दिदा स्पष्ट नेपाली भाषामा दिनु होला

३कुनै जातपात धर्म दन्धभेदमा आधारित कुरा नगर्नु होला

४.अश्लील शब्द प्रयोग गरिएको पाइएमा निजलाइ खोजतलाश गरि कार्वाही गरिने छ ः

५.सहि उत्तर दिइ हाम्रो facebook Page लाइक गरिएको व्यक्तिलाइ मात्र पुरस्कार स्वरुम रु १00को रिचार्ज गरिनेछ।

६. उत्तर तल कमेन्ट बक्समा दिनुहोला

 

 

 धन्यवाद

तलको link मा click गरि पहिला हाम्रो Facebook Page Like गर्नुहोला

Fb page:https://www.facebook.com/entertainmentplusagain/

सुरु गरुम पहिलो प्रश्न बाटः

प्रश्न१.चेस खेलको सुरु कुन देशबाट भएको हो ?

1.नेपाल

2.भारत

३.बंगलादेश

4.चाईना

 

प्रश्न२. बिश्वको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग नेपालले ओगटेको छ?

1.   0.5%

2.   0.04%

3.  1.5%

4.  0.03% 

Read More

नेपालि चलचित्र दर्पण छाया हेर्नुहोलाः


Read More

लु लाग्यो अब बस यात्रा मा?!!


Read More

Friday, August 10, 2018

मोबाइल नम्बर बिना आफ्नु Imo Account कसरि बनाउने??(How to create Imo Account With Out Mobile Number

.How to create Imo Account With Out Mobile Number

 

 

Watch This Videos And Enjoy It..

 

 

 

Read More

Wednesday, August 8, 2018

New Teej Songs Nepali2075








       

























































Read More

Read More


नया नया भिडियो को लागी हाम्रो facebook page Like गर्न सक्नु हुनेछ।
 https://youtu.be/ccnE8-ISYMQ
Read More

Funny Video😀😁😂

https://youtu.be/ccnE8-ISYMQ
Read More

Wednesday, June 13, 2018

आजको राशिफल२०७५










 वि.सं. २०७५ साल जेठ ३० गते। बुधबार। इश्वी सन् २०१८ जुन १३ तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी, २६:०० बजेउप्रान्त प्रतिपदा।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesआत्मविश्वासको कमीले काममा पछि परिनेछ। अर्थ अभावले पनि अलि सताउन सक्छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा बोलीको प्रभावले काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम बिस्तारै बन्नेछन्। (नेपाली पात्रो)


बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। (नेपाली पात्रो)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiघरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। केही दौडधुप गर्नुपरे पनि पछिका लागि लगानी बढाउने समय छ। प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ। (नेपाली पात्रो)


कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्गे आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूको साथ पनि जुट्नेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। (नेपाली पात्रो)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoतारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। (नेपाली पात्रो)



कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता अलि पछि परिनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। परिस्थितिवश अरूका काममा अमूल्य समय बित्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। (नेपाली पात्रो)


तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवगंश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। (नेपाली पात्रो)


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। समय अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायले यात्रा गराउन सक्छ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। (नेपाली पात्रो)


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपहिलेको सफलताले हौसला जगाउनेछ र पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन्, मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। (नेपाली पात्रो)


मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। अरूको भरपर्दा धोका हुन सक्छ। मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। प्रयत्न गरेका काम सम्पादन हुनेछन्। अभिभावक तथा शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। (नेपाली पात्रो)


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusहिढस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्ला। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। (नेपाली पात्रो)


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। (नेपाली पात्रो)
Read More

Sunday, May 13, 2018

Free video chat



Free Video Chat

Log in



Sign up





Read More

शब्द अर्थ

शब्द /अर्थ



Read More






Meaning of Korean Nepali:


1.Reading (100 marks ,25 Question)

................................................................................................?.....................

Basic Corse-
कोरियन वर्णमाला
_______=====______
व्यन्जन वर्णः

ㄲ-क्
ㅋ -ख्
ㄱ-ग्
ㅉ-च्
ㅊ-छ्
ㅈ-ज्
ㄸ-त्
ㅌ-थ्
ㄷ-द्
ㄴ-न्
ㅃ-प्
ㅍ-फ्
ㅂ-ब्
ㅁ-म्
ㄹ-र्
ㅅ-
ㅆ-
ㅎ-

स्वर वर्णः
어-अ
아-आ
이-इ
우-उ
으-ऊ
오-ओ
애-ऐ
에-ए
여-य
야-या
요-यो

유-यु

नेपालीमा  जस्तै माथिका स्वर वर्ण र व्यन्जन वर्ण मिलेर पुण वर्ण बन्छ

Example:

ㄱ+어= 거(क्+अ=क)
तर एसरि पुण वर्ण बनाउदा korean स्वर वर्णको ㅇ लाइ हटाइन्छ (어="ㅇ"removed)

Example=

1.

ㅋ=커, 카
저, 자

2
무,묘,드,...

etc
Read More

Saturday, May 12, 2018

थाहा पाउनुहोस् तपाइ कतिको भाग्यशाली हुनुन्छ?

Lock calulator

Input the box your date of birth and your name....

Read More

Friday, March 30, 2018

गुण्डा नाइके चक्रे मिलनका सहयोगी आशिष गुरुङ समातिए


१६ चैत, काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी आशिष गुरुङ पक्राउ परेका छन् ।

उनलाई काठमाडौं प्रहरी परिसरले महाराजगञ्जबाट पक्राउ गरेको हो ।








एक महिलासँग वाउन्स चेक भएको ८ लाख रुपैयाँ उठाइदिन्छु भन्दै ५० हजार रुपैयाँ उड्भान्स लिएको सुराकी पाएपछि उनलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।


अनलाइन खबर बाट...
Read More

तीन विद्यार्थी संगठनद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ (बायाँबाट) ।

अस्थायी शिक्षकको परीक्षा स्थगित गरी शिक्षा ऐनमा १० औं संशोधन गर्न माग.











१६ चैत, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।

शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । यही चैत २३ गते परीक्षा निर्धारण गरिएको छ ।




अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनलाइनखबरसँग भने, ‘पहिले परीक्षा स्थगित गर्नुपर्‍यो, जसले वार्ताको वातावरण निर्माण गर्दछ ।’

सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

‘शिक्षा ऐनमा १० औं संशोधन आवश्यक’

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् ।

शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । तर तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत पुर्‍याइएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले भने, ‘परीक्षा स्थगित गरेर शिक्षा ऐनमा अविलम्ब १० औं संशोधन गर्नुपर्छ ।’

आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि र मध्याह्न काठमाडौंको माइतीघर मण्डलामा चक्काजाम गर्दैछन् ।

हेर्नुहोस् प्रमुख तीन विद्यार्थी संगठनले विहीबार राति जारी गरेको विज्ञप्ती
अनलाइन खबर बाट

Read More

Thursday, March 29, 2018

स्थानीय तह र मन्त्रालयमा कति दरबन्दी ? योसहित यस्ता छन् मन्त्रिपरिषदका ७ निर्णय



काठमाडौं : बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघ र स्थानीय तहको कर्मचारी दरबन्दी स्वीकृतसहित विभिन्न निर्णयहरू गरेको छ।

१) कर्मचारी दरबन्दी स्वीकृत

सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह (७५३ र जिसस ७७) मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ। सोअनुसार केन्द्रमा रहँदै आएको तीन हजार २६० दरबन्दीमा १८ दशमलव ५९ प्रतिशत कटौती गरी दुई हजार ६५४ कायम गरिएको छ। केन्द्रमा रहने मन्त्रालयमा रहेका कर्मचारीको हालको संख्या र कायम गरिएको दरबन्दी –

मन्त्रालयहरूमा हालको दरबन्दी र कायम गरिएको दरबन्दी

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १९८ २३२
२. अर्थ २४० १८६
३. उद्योग, वाणिज्य तथा आपूर्ति २२७ १५२
४. ऊर्जा, जलस्रोत तथा सिँचाइ ११२ ११७
५. कानुन, न्याय तथा संसदीय ममिला १०४ १०४
५. कृषि, भूमि व्यवस्था तथा सहकारी ३३५ १७९
७. गृह ३०७ २२६
८. परराष्ट्र १४१ १४१
९. भौतिक पूर्वाधार तथा यातायात १०६ ९४
१०. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ८० ८६
११. रक्षा ९८ ९८
१२. वन तथा वातावरण १६१ १३०
१३. शहरी विकास १०२ ७७
१४. शिक्षा, विज्ञान तथा प्रविधि २२६ १८७
१५. श्रम, रोजगार तथा सामाजिक सुरक्षा ६७ ७२
१६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन १०६ ८४
१७. संघीय मामिला तथा सामान्य प्रशासन ३३१ १७४
१८. सञ्चार तथा सूचना प्रविधि ७५ ८५
१९. स्वास्थ्य १११ १०६
२०. खानेपानी ७७ ६८
२१. युवा तथा खेलकुद ६६ ५६
कुल ३,२६० २,६५४

२) सेवा प्रवाहसम्बन्धी व्यवस्था

सरकारले स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्था, २०७४ पारित गरेको सञ्चार राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए।

३) नमुना कानुन

स्थानीय तह र प्रदेशको सहजीकरणका लागि नमूना कानुन बनाएर पठाउने निर्णय पनि सरकारले गरेको छ।

४) जापानको सहयोग स्वीकृत

बैठकले आर्थिक तथा सामाजिक कार्यक्रमअन्तर्गत जापान सरकारले नेपाल सरकारलाई विपद् व्यवस्थापनअन्तर्गत सेवा र वस्तु खरिद गर्न उपलब्ध गराउने रु ६८ करोड ६० लाख स्वीकार गर्ने निर्णय गरेको छ।

५) मन्त्रीहरूको भ्रमण स्वीकृत

ऊर्जामन्त्री वर्षमान पुनको अजरबैजानको वाकुम र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको थाइल्याण्डमा हुने भ्रमणलाई बैठकले स्वीकृति प्रदान गरेको छ

६) क्याबिनेट डाक्टर नियुक्त

सरकारले मन्त्रिपरिषद्को विशेषज्ञ चिकित्सकमा डा. दिव्यासिंह शाह र डा दिलीप शर्मालाई विशिष्ट श्रेणीको सुविधा दिएर नियुक्त गर्ने निर्णय गरेको छ।

७) घट्यो सार्वजनिक बिदा

सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ। यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो। सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ।

राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ। यस वर्ष कटौती भएका बिदा १२ दिन छन्। विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन्। .
Read More