Monday, May 23, 2016

किन बढ्दै छ आत्महत्या बैदेशिक कामदारमा ?


- डा गोकर्ण दहाल, हान्याङ स्कुल अफ मेडिसिन्, दक्षिण कोरिया मानसिक स्वास्थ्य समस्याले हरेक समाजमा बिकराल रुप लिदै गएको छ । विश्वमा अकालमा आत्महत्या गरि बार्षिक १० लाख मानिसले जीवन गुमाउन बाध्य छन् जसको प्रमुख कारण नै मानसिक दुरावस्था हो । नेपालमा आत्महत्या सम्बन्धमा खासै अध्यन नगरिए पनि बर्षेनि यो १० प्रतिशतले बढ्दै गएको छ । छिमेकि देश भारतमा युबाहरुमा हुने मृत्युको तेस्रो कारणमा आत्महत्या पर्दछ । नेपालमा आत्महत्यालाई खालि सामाजिक समस्याको रुपमा मात्र लिने गरिएको छ जवकि यो एउटा मानसिक समस्याको चरम रुप हो बिश्वका करिब ४५ करोड मानिसमा कुनै न कुनै प्रकारको मानसकि समस्या छ । विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनले प्रत्येक १० जनामा १ जना सँग कुनै न कुनै प्रकारको मानसिक रोग भएको तथ्याङ्क प्रक्षेपण गरेको छ । विश्वले मानसिक समस्याका कारण देखिने यी र यस्ता हरेक पक्षलाई सम्बोधन गर्न करिव ६ ट्रिलीयन अमेरिकी डलर खर्चनु पर्ने तथ्य विश्व स्वास्थ्य संगठनले बाहिर ल्याएको छ । बदलिदो जिवनशैली, नसर्ने रोगहरुको बढ्दो चाप ,१० बर्षे सशस्त्र द्घन्द, बेला बेलामा आउने प्राकृतिक विपत् ,वातावरणिय प्रदुषण ,गरीबी र बेरोजगार समस्याका कारण नेपालमा पनि ८५ लाख भन्दा बढि व्यक्क्तिमा कुनै न कुनै मानसिक समस्या रहेको एक तथ्याङ्कले देखाएको छ । मानिस आखिर किन चाहन्छन मर्न ? बढ्दो बैदेशिक रोजगारसंगै राज्यले लत्रिएको अर्थतन्त्र धान्ने गरि रेमिट्यान्स त भित्राएको छ तर संगसंगै उर्जाशिल युवाहरुको मानसिक स्वास्थ्यमा देखिएका असरहरुको बोझ पनि बोकिरहेको छ । पछिल्लो समय बैदेशिक कामदारहरुमा आत्महत्याका घटना दिनानु दिन बढिरहेको छन् । घरपरिवार ,समाज र आफ्नो भविष्यको लागि सुनौलो रंगिन सपना बनाएर कामदार बिदेसिन्छन १ तर विडम्बना परिबर्तित वातावरण , घरयासि तनाव , केटी साथिको बिछोड,आर्थिक संकट र आफ्नो अहमको कारणले आत्महत्या गर्ने गरेका छन् । बैदेशिक रोजगारमा जाने १५ देखि ५८ बर्ष सम्मका कामदारहरुमा मानसिक समस्याहरु बढि देखिने कुरा अन्तराष्ट्रिय श्रम संगठनको एक प्रतिबेदनमा उल्लेख छ । विश्वका झण्डै १ सय १० देशमा नेपाली युवा युवतिले बैधानिक रुपले श्रम बेच्ने इजाजत प्राप्त गरेका छन् तर ती मध्ये ६ देश संग मात्र श्रम सम्झौता गरिएको छ । यो तथ्याङ्कले जोखिमयुक्त बैदेशिक रोजगारीको झल्को दिन्छ । साउदी, कतार, मलेसिया, कोरिया, इजरायाल जस्ता मुलुकमा काम गर्ने नेपालीले चर्को मानसिक कष्ट भोगिरहेका छन् । एउटा व्यक्ति प्रवासन हुँदा धेरै कुराको सामना गर्नु प्रर्दछ जस्तै परिवार तथा सामाजिक सम्बन्ध ,परिर्वतित वातावरण, भाषागत अज्ञानता, एवम् सास्कृतिक फरकपन् आदि । बढि आम्दानी र आरामदायी काम पाइने आशामा खाडी छिरेका नेपाली युवाहरुको दैनिक आउने ३ मृत शव, नेपालीलाई बेला बेलामा दिईने मृत्युदण्डका समाचार ,सामाजिक संजालमा पोष्ट हुने गरेका कारुणिक तस्विरले कमजोर बैदेशिक रोजगार ब्यवस्थाको चित्रण गर्दछ । बिदेश जाँदा ठुलो सपना बोकेका श्रमिकहरुले बिदेशमा भने जस्तो काम नपाउने , काम पाइहाले पनि सम्झौता भए अनुसार पारिश्रमिक नपाउने , एक प्रकारको काममा भनेर ल्याई अर्कै प्रकारको काममा लगाउने, कामको करार अवधि सकिएपछि पनि रोजगारदाताले नेपाल नपठाउने ,नेपालमा आफ्ना परिवारका सदस्यहरुको निधन हुँदा समेत रोजगारदाता ले विदा नदिने, पारिवारिक विछोड वा समस्या एबं कामको प्रकृति पनि अप्ठयारो र जोखिमयुक्त भएका कारण बैदेशिक कामदारको मनमा निरासा, तनाव र मानसिक उद्धवेग जस्ता लक्षण विस्तारै सुरु हुन्छन् । यि समस्या वेलैमा सम्बोधन नहुँदा आत्महत्या गर्ने प्रबृति पनि पछिल्लो समयमा देखिदै आएको छ । बिगत बर्ष कोरिया, मलेशिया लगायतका खाडि देशमा कामको खोजिमा गएका युबाहरुको आत्महत्याका दुखद समाचार महिनै पिच्छे नेपाली संचार माध्यममा आईरहे । घर परिवारको बढि अपेक्षा , अपरिपक्व र कलिलै उमेरमा घर परिवारसंगको बिछोड ,बिदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पुरा नहँुदा र नेपाल फर्केर गरिखाने उपयुक्त आधार पनि नदेख्दा धेरै जसो युवाहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ । कति बैदेशिक कामदारहरु मानसिक लगायतका स्वास्थ्य समस्याका कारण बिचैमा स्वदेश फर्कि सिधै बिमानस्थलबाट मानसिक अस्पतालमा जान बाध्य छन् भने कति असन्तुलित मानसिकताका कारण हिंसात्मक ब्यवाहार देखाउने गरेका छन् । भर्खरै साउदी अरबका राजदुत माथि गरिएको आक्रमण यसको ज्वलन्त उधारन् हो । । धेरजसो मानसिक समस्या १५ देखि ५९ बर्ष सम्मका मानिसमा देखिने र प्रमुख रुपमा निरासा तथा मनो खित्रताले ओगटेको पाईन्छ । विश्वमा डिप्रेशन एबं निरासामा बाचेका करिव ५० प्रतिशतले मात्रै उपचार गर्ने गरेको तथ्याङ्क बिश्व मानसिक स्वास्थ्य सर्भेक्षणले देखाएको छ । यस्तो अवस्थामा नेपालमा कति प्रतिशतले डिप्रेशनको उपचार गर्दाहुन् आफै अनुमान लगाउन सकिन्छ । करिब नब्बे प्रतिसत आत्महत्याको कारणमा डिप्रेसन लाई लिने गरिन्छ डिप्रेशन बिशेष प्रकारको काउन्सेलिङ र मनोबैज्ञानिक उपचार पद्दतिबाट ठिक हुन्छ । तर यति सानो कुरामा नेपाली कामदारहरुले उचित उपचार पाईराखेका छैनन् । भाषागत समस्या, सम्वन्धित देशको स्वास्थ्य सेवा तथा अस्पताल प्रति जानकारि नहुनु ,स्वास्थ्य बिमाको अभाव ,पैसाको अभावमा रोग लुकाउने प्रबृति जस्ता कारण काममा गएका नेपाली नागरिक स्वास्थ्य सेवा पाउनबाट बंचित छन् ।

1 comments

Users connect with a dealer with a reside digital camera in front of them. They can then work together with the dealer and other players on the desk. If you'd instead choose to consideration to} the desk, for example, you'll be able to|you possibly can} change the digital camera whenever you want to. The sellers are additionally 카지노 사이트 responsive and will typically work together directly with players, giving an authentic on line casino expertise.


EmoticonEmoticon