Monday, May 23, 2016

नेपालीलाई कोरियन डक्टरहरुको सहयोग


एमाले नेता माधवकुमार नेपालले दक्षिण कोरिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म पु-याउनुपर्ने बताउनु भएको छ। काठमाडौको साँखुमा मिर डेन्टल नेटवर्क र कोरिया नेपाल कल्चर सेन्टरले गरेको दन्त शिविर उद्घाटन गर्दै नेता नेपालले दुई देशको जनसम्बन्ध विस्तार गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी रुद्र शर्माले भूकम्पले पीडित साँखुबासीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो । टोली संयोजक डाक्टर पार्क सोकिनले नेपालमा वातावरण मिले ख्वान्जु क्लिनिक खोल्ने योजना रहेको बताउनुभयो । पाँच जना कोरियन चिकित्सकसहित २१ जनाको टोलीले आज साँखुमा दन्त शिविर आयोजना गरेको हो । टोलीले नयाँ दाँत फेर्नेबाहेकका सेवा प्रदान गरेको जनाएको छ। शिविरमा सबैभन्दा बढी वृद्धवृद्धा र बालिकालिकाले दाँत परीक्षण गराएका थिए । टोलीले आइतबार र सोमबार नगरकोटको बालुवा माविमा शिविर संचालन गर्ने जनाएको छ । शिविर आयोजना गर्न समाज डेन्टल क्लिनिकले सघाएको थियो । कार्यक्रममा एमाले नेता नेपालले कोरियाली चिकित्सकको टोलीलाई धन्यवादसहित खादा ओढाएर सम्मान गर्नुभएको थियो ।


EmoticonEmoticon